News Portal

  • भक्तपुरपोस्ट समाचार प्रभाव : साझाले सच्यायो गल्ती, रातारात टाँसियो स्टीकर

    संजीप शुभचिन्तक भक्तपुर, १६ साउन
    १५७१ पटक
    भक्तपुर, १६ साउन

    साझा यातायातले भक्तपुरमा थप गरिएका बसहरुमा आरक्षण सीट छुट्याएको छ । आरक्षण सीट नछुट्याई बस संचालन गरेको साझा यायायातले आरक्षण सीट छुट्याएको हो ।

    साझाले ३२ सीट क्षमता भएको बसमा अपांगता भएकालाई २ सीट र जेष्ठ नागरीकलाई २ सीट छुट्याएको छ । त्यसैगरी  महिलाको लागि ४ सीटको व्यवस्था गरिएको छ भने साझाले अझ एक कदम बढेर बालबालिकाका लागि पनि २ सीट छुट्याईदिएको छ ।

    आरक्षण सीटको व्यवस्था बेगर साझाका बस गुड्दा यात्रीलाई सास्ती भएको थियो । मानिसहरुलाई सीट छोड्न अनुरोध गर्दा ‘कहाँ लेखेको छ ?’ भनेर झर्कने र रिसाउने गरेको अनुभव सुनाउदै भक्तपुर चल्ने साझा बसका एक चालकले अव आनन्द भएको बताए । ” अव कसैसंग बोलिरहनु परेन, सीट आफै बोलेको छ ।” उनले भक्तपुरपोस्ट संग भने ।

    साझाका नयाँ थप गरिएका ६ वटा बस भक्तपुरको बाटोमा गुड्न थालेको १ महिना भएको थियो । न त ति बसमा अपाङ्ग सीट छुट्याएको थियो, न त महिला, बालबालिका र जेष्ठ नागरीकका लागि नै सीट छुट्याइएको थियो । आरक्षण सीट नछुट्याई बस संचालन गर्दा आरक्षण प्राप्त यात्रीहरु अप्ठ्यारोमा पर्दै आएका थिए ।

    आरक्षणको स्टीकर टास्न कुनै समय नलाग्ने भएपनि यसरी सेवामूलक दावी गर्ने साझा यातायातकै बसहरु बिना स्टिकर गुड्दा साझाको आलोचना भएको थियो । भक्तपुरपोस्टले ‘भक्तपुरमा साझा : सुविधा कम, सास्ती ज्यादा ‘ शिर्षकमा प्राथमिकतापूर्वक समाचार प्रकाशन गरेको थियो ।

    भक्तपुर पोस्टको समाचार बाहिरिए संगै साझाले रातारात स्टीकर टाँस गरेको हो । ”राती ग्यारेजमा राखेको बेलामा सबै बसमा स्टीकर टासिएछ ।” बा ५ ख ८७६२ नम्बरका चालकले बताए । बिना स्टीकर चलेको सोही बसको फोटोसहित भक्तपुर पोस्टले समाचार प्रकाशित गरेको थियो ।

    कर्मचारीको आँखाले नदेखेका कुरा साझाप्रेमीहरुले सम्झाइदिनु राम्रो भएको भन्दै साझा यातायातकी माया थापाले आफूले भक्तपुर पोस्टको जिज्ञासा उपल्लो तहमा जानकारी गराएको बताउदै आगामी दिनमा पनि सुझावको अपेक्षा गरिन् ।

    नेपाल सरकारले सार्वजनिक सवारीमा आरक्षण सीट अनिवार्य गरेको छ । आरक्षण सीट बिना सवारी चल्ने कल्पना गरिएको छैन । त्यतिमात्र होइन, आरक्षण सीटमा अन्य यात्री राखेमा नियमानुसार कारवाहीको पनि कानुनी व्यवस्था छ । यदी तपाइँ यात्रारत बसमा उक्त सीटको दुरुपयोग भएको छ भने नजिकको प्रहरी अथवा यातायात व्यवस्था विभागमा उजुरी गर्न सकिन्छ ।

    कहाँ / कसरी गर्ने उजुरी 

    सार्वजनिक सवारीका साधनले आरक्षित सीटको प्रयोग कानुन बमोजिम नगरेको भेटिएमा मोबाइल नम्बर ९८५१२७३२२२ मा फोन वा एसएमएस गर्न अथवा नजिकको ट्राफिक प्रहरीलाई तुरुन्त खबर गर्न यातायात व्यवस्था बिभागले अनुरोध गरेको छ ।

     

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...