नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा समायोजन गरेसंगै खाना पकाउने ग्यासको मूल्य घटेको छ भने डिजेल , पेट्रोल र मट्टीतेलको मूल्य भने बढेको छ ।
मंगलवार राती १२ बजेदेखि लागू हुने गरी आयल निगमले मूल्य समायोजन गरेको हो ।
निगमले जनाए अनुसार एलपी ग्यासमा प्रतिसिलिण्डर रु २५ घटाई मूल्य समायोजन गरिएको छ ।
एलपी ग्यासको खुद्रा बिक्री मूल्य (काठमाडौँको उपत्यकाको हकमा) प्रतिसिलिण्डर १ हजार ३ सय ७५ रुपैया तोकिएको छ ।
पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ र डिजेल/मट्टितेलमा ५० पैसा मूल्य वृद्धि भएको छ भने हवाई इन्धनको मूल्य यथावत राखिएको छ ।