News Portal

  • भक्तपुरमा अन्तराष्ट्रिय युवा दिवस मनाइयो,युवा वर्ग सदैव गरिखाने वर्गको सिपाही बन्नु पर्नेमा जोड

    भक्तपुर, २७ साउन
    ११७० पटक
    भक्तपुर, २७ साउन

    ‘अन्तर्राष्ट्रिय युवा दिवस’ को रुपमा मनाइने १२ अगस्टलाई सोमबार देशभर बिबिध कार्यक्रम गरी मानाइएको छ । यसैबीच भक्तपुरको भक्तपुर नगरपालिकाले पनि एक औपचारिक कार्यक्रम गरी ‘अन्तर्राष्ट्रिय युवा दिवस’ मनाएको छ ।

    सोमबार नगरपालिकाको सभा हलमा एक औपचारिक कार्यक्रम गरी उक्त दिवस मनाइएको हो । उक्त अवसरमा नगरपालिकाले आफ्ना प्रत्येक वडामा युवालाई लक्षित गर्दै शारिरिक व्यायामका सामाग्री वितरण गरेको छ । वडामा रहेका खेलकुद समितिलाई ति सामाग्री हस्तान्तरण गरिएको थियो ।

    उक्त कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख सुनिल प्रजापतिले सरकार संविधान बिरोधी भएको बताएका थिए । संविधानमा समाजबाद उन्मुख राष्ट्र लेखेपनि सरकार पूँजीवादी बाटोमा अघि बढिरहेको भन्दै प्रमुख प्रजापतिले आक्रोस व्यक्त गरे ।

    उनले सरकारले युवालाई उपेक्षा गरेको भन्दै युवालाई उत्पादनसंग जोड्न नसकेको जिकिर गरे । सरकार ठेकेदार,पूजीपति बर्ग तथा एनजिओ र आइएनजिओको चंगुलमा परेको बताउदै प्रमुख प्रजापतिले चिन्ता व्यक्त गरेका थिए ।

    युवाहरुले देशको जिम्मा लिनुपर्नेमा जोड दिंदै नगर प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकामा युवाको क्षमता विकाशमा जोड दिइएको जानकारी गराए । उनले युवा वर्ग सदैव गरिखाने बर्गको सिपाही बन्नु पर्ने बताउदै विदेशी हस्तक्षेप र थिचोमिचोको विरुद्ध समेत आवाज उठाउनुपर्ने आवश्यकता औल्याए ।

    उक्त अवसरमा प्रदेश नं. ३ का सांसद समेत रहेका नेपाल मजदूर किसान पार्टीका नेता सुरेन्द्रराज गोसाईले विश्वमा भएका अन्याय र अत्याचार विरुद्ध लड्ने व्यक्ति नै वास्तविक अर्थमा युवा हुने बताए ।

    सांसद गोसाईले अपराधीलाई संरक्षण गर्ने र अपराधीलाई उत्साहित गर्नेहरुले राजनीति गर्ने नाममा समाजलाई विगारीरहेको बताए ।

    कार्यक्रममा भक्तपुर गरपालिकाकी उपप्रमुख रजनी जोशीले युवाहरुलाई समाजको मेरुदण्डको रुपमा लिई नगरपालिकाले युवा केन्द्रित तालिममा जोड दिइरहेको जानकारी गराएकी थिइन् ।

    कार्यक्रममा वडा नम्बर ७ का वडाध्यक्ष उकेश कवां,वडा नम्बर १ का वडाध्यक्ष श्यामकृष्ण खत्री, वडा नम्बर २ का वडाध्यक्ष हरिप्रसाद बासुकला, कार्यपालिका सदस्य सुनिता अवाल, नेपाल क्रान्तिकारी विद्यार्थी संघका अध्यक्ष सविन ख्याजु लगायतले युवाहरुको महत्व र दायित्व बारे आफ्नो धारणा व्यक्त गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...