News Portal

  • गाइजात्रा पर्वलाई क्यामेरामा कैद गर्न आह्वान

    भक्तपुर, २८ साउन
    १३९८ पटक
    भक्तपुर, २८ साउन

    भक्तपुर नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष रविन्द्र ज्याख्वले आउदै गरेको गाइजात्रा पर्वलाई क्यामेरामा कैद गर्न आह्वान गरेका छन् । धेरै शब्द भन्दा एउटा फोटोले अर्थ बोक्ने बताउदै उनले गाइजात्रा लाई फोटो मार्फत बर्णन गर्नसक्ने फोटो खिच्न आह्वान गरेका हुन् ।

    नगरपालिकाबाट फोटोग्राफी सम्बन्धी तालिम लिएका युवाहरुलाई मंगलवार बोलाएर वडाध्यक्ष ज्याख्वले उक्त आह्वान गरेका हुन् । फोटोले इतिहास बोक्ने बताउदै उनले गाइजात्रा लाई फोटो मार्फत बर्णन गर्नसक्ने फोटो खिच्नुपर्नेमा जोड दिए ।

    ”तपाइले खिचेको फोटो प्रमाणको रुपमा पछिसम्म रहने र यसले सँस्कृतिकर्मीहरुको सीप हस्तान्तरण गर्नमा पनि सहयोग मिल्ने हुनसक्छ ।” उनले भने ।

    खिचिएका फोटाहरु नगरपालिकाले डकुमेन्टेशन गरिराख्ने जानकारी गराउदैं वडाध्यक्ष ज्याख्वले सहभागी फोटोग्राफरहरुलाई गाईजात्रा (सापारु)को दिनदेखि कृष्णाष्टमीसम्म खिचेका फोटोहरु मध्ये उत्कृष्ट १० वटा फोटो नगरपालिकामा बुझाइदिन समेत आग्रह गरे ।

    उनले ३१ गते गाइजात्राको दिन दिनभरी र भाद्र १ गतेदेखि ६ गतेसम्म दिनको ३ बजेदेखि ५ बजेसम्म भक्तपुरको मुख्य मुख्य स्थानहरु (भक्तपुर दरबार स्क्वायर, टौमढी, दत्तात्रय, नासमना)मा हुने प्रदर्शनीको पनि फोटो खिची उपलब्ध गराउन भनेका हुन् ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...