News Portal

  • नेकपाले दियो महेश र दिपशिखालाई युवाको कमाण्ड

    भक्तपुर, १ भदौ
    १६२२ पटक
    भक्तपुर, १ भदौ

    सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले जनवर्गीय संगठनको नेतृत्व चयन गरेको छ । आइतवार नेकपाले जनवर्गीय संगठनको नेतृत्व चयन गरेको हो ।

    प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले जनवर्गीय संगठनको नेतृत्वको चयन गर्नुका साथै विशेष कमिटी र प्रदेश सम्पर्क कमिटीका पदाधिकारी पनि तोकेको जानकारी प्राप्त भएको छ ।

    सचिवालय बैठकले युवा संगठनको इन्चार्जको जिम्मेवारी नेता महेश बस्नेतलाई दिएको छ । पूर्व उद्योगमन्त्री समेत रहेका उनी नेकपाका केन्द्रिय सदस्य हुन् । तत्कालिन नेकपा (एमाले) को युवा संघको अध्यक्ष भएपछि उनले उक्त संगठनको उचाइ बढाउनुको साथै आफ्नो राजनीतिक उचाइ पनि बढाउन सफल भएका थिए । प्रधानमन्त्री ओली निकट मानिने बस्नेत भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित संघीय सांसद समेत हुन् ।

    त्यसैगरी सचिवालयले युवा संगठनको सह इन्जार्जको जिम्मेवारी रामप्रसाद सापकोटा ‘दिपशिखा’ लाई दिएको छ । सिन्धुपाल्चोक घर भएका दिपशिखा पार्टीको केन्द्रिय सदस्य हुनुका साथै उक्त संगठनको संयोजक समेत हुन् । उनी तत्कालिन नेकपा माओवादीको युवा संगठन योङ्ग कम्युनिष्ट लिगको भक्तपुर इन्चार्ज रहदा महेशसंग उनको विपरित ध्रुवको सम्बन्ध रहेको थियो । यतिबेला पार्टी एकता संगै यी दुवै जना केन्द्रिय सदस्यले नेकपाको युवा संगठन हाक्ने जिम्मेवारी पाएका छन् ।

    प्रतिकृया दिनुहोस्

    चाँगुनारायणमा एनजिओलाई विवरण बुझाउन बैशाख मसान्तसम्म म्याद

    chagu mayor

    चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तथा योजना र बजेट तर्जूमाबारे...

    मन्त्रालयका सहसचिव डा गैरे बर्खास्त

    कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको छ । शुक्रबार मन्त्रालयले...

    ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता

    नयाँ शैक्षिक सत्रको लागि विद्यालयमा भर्ना अभियान शुरु भएको छ । बैशाख २ गते बाट...

    भक्तपुरमा डलर देखाई ३ लाख ५० हजार ठगी फरारहरु प्रहरी फन्दामा

    भक्तपुरको मध्यपुर थिमि-१ लोकन्थलीमा बिदेशी डलर देखाई ३ लाख ५० हजार ठगी गरी भागेको आरोपमा...

    बैशाख २४ मा सार्वजनिक बिदा र उत्सवबारे प्रदेश सरकारका प्रवक्ता श्रेष्ठको यस्तो खुलासा

    बागमती प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले प्रदेश सरकारले...