News Portal

  • आज कृष्ण जन्माष्टमी : यो सिकौ भगवान कृष्णको जीवनीबाट

    भक्तपुर, ६ भदौ
    २८७५ पटक
    भक्तपुर, ६ भदौ

    भाद्र कृष्ण अस्टमीलाई कृष्ण जन्माष्टमी भनिन्छ । यसलाई साधारण भाषामा जन्माष्टमी मात्र पनि भन्ने गरिन्छ । भगवान श्री कृष्ण जन्मिएको दिनको रुपमा यो दिनलाई उत्सवका साथ् मनाउने परम्परा रहिआएको छ ।

    विष्णुको आठौं अवतारको रूपमा श्री कृष्णको जन्मदिन यसै दिन भएको धार्मिक विस्वास रही आएको छ । यो हिन्दूहरूले मनाउने वार्षिक पर्व पनि हो ।

    कृष्णा जन्माष्टमीमा हिन्दूहरूले भगवान श्री कृष्णको पूजा-आराधना गरी श्रद्धा-भक्तिपूर्वक मनाउँछन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान श्रीकृष्णको जन्म द्वापरयुगमा हिन्दू पञ्चाङ्ग अनुसार भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई श्रीकृष्ण जन्माष्टमी र रातलाई मोहरात्री भनिन्छ। जन्माष्टमीका दिन अधिराज्यका कृष्ण मन्दिरहरूमा भगवान् श्रीकृष्णको पूजा-आराधना, प्रवचन, भजन-कीर्तन गर्नुका साथै विशेषगरी महिलाहरू व्रत बसी रातभर जाग्राम बस्ने चलन छ ।

    किंवदन्ती अनुसार देवकी र वासुदेवका आठौ सन्तानको रूपमा कृष्णको जन्म भएको थियो । प्राचीन अभिलेखहरूको आधारमा तथा खगोलीय गणनाको आधारमा कृष्णको जन्म जन्माष्टमी, १८ जुलाई ३२२८ इसापूर्वमा भएको थियो र उनी १८ फेब्रुअरी ३१०२ इसापूर्वसम्म धर्ती लोकमा रहेका थिए ।[६] कृष्ण मथुराका यादवको भृष्नी कुलका थिए ।

    मथुरा (वर्तमान समयमा मथुरा जिल्ला, उत्तर प्रदेश) यादवहरूको राजधानी रहेको थियो । देवकीको भाई राजा कंशले आफ्ना बुवा उग्रसेनलाई जेल गरी आफुले राज्य सत्ता कब्जा गरेका थिए । एउटा भविष्यवानीबाट डाराएर उसले दुवै जनालाई जेल भित्र कैद गरेर राखेका थिए । भविष्यवाणी अनुसार उसको मृत्यु देवकीको आठौ सन्तानको हातबाट हुने थियो । कंशले सुरूका छ वटा बच्चालाई मारेपछी देवकीले सातौ बच्चालाई गायब गरेकी थिइन् । (असलमा देवकीले गोप्य रूपले सो बच्चा रोहिणीलाई दिएकी थिइन् जो बलराम थिए ।) आठौ सन्तानको रूपमा कृष्णको जन्म भयो ।

    जन्म भए सँगै विष्णुले वासुदेवलाई कृष्णलाई नन्द र यसोदा बसोबास गर्ने स्थान गोकुल पुगाउन लगाए, जहाँ कृष्ण आनन्दले आफ्नो कंशबाट टाढा रही बाँच्न सक्थे । वासुदेवले कृष्णलाई लिएर यमुना पारी सकुशल गोकुल पुगाए । त्यहाँ सबैजना सुतिरहेकोले वासुदेवले कसैलाई पत्तो नादिकनै कृष्णलाई त्यहीँ छाडी यसोधाको छोरी लिएर कारावास फर्केर आए । कंशले त्यस अबोध बच्चालाई देवकीको आठौ सन्तान ठानी ढुङ्गामा फालेका थिए । तर उनी हावामा उडी योगमाया (विष्णुको सहायक)को रूपमा स्थानान्तरित भईन र कंशलाई उसको मृत्युको बारेमा चेतावनी दिएर गायब भईन ।

    कृष्ण गोकुलमै आफ्ना दाई बलरामसँग हुर्केका थिए । पछी मथुरा फर्के र कंशको संहार गरे ।बाल्यकालदेखि नै आफ्ना विचित्र लीला देखाएका श्रीकृष्णले पुतना, कंश, जरासन्ध र शिशुपालजस्ता दानवी प्रवृत्तिको संहार गरेका थिए । कुरुक्षेत्रमा कौरवहरूसँगको लडाइँमा संलग्न पाण्डवहरूमध्येका अर्जुनलाई उपदेश दिने क्रममा स्वयम् उनका मुखारविन्दबाट व्यक्त ‘श्रीमद्भगवद्गीता’ हिन्दुहरूको पवित्र ग्रन्थ मानिन्छ । यो ग्रन्थ विश्वका धेरै भाषामा अनुवाद भइसकेको छ ।

    अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतार एवम् वसुदेव र देवकीको आठौँ गर्भका रुपमा जन्मिएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेका थिए ।

    कृष्णको जीवनबाट के सिक्ने

    साँचो माया : वृंदावनमा राधाजस्ता धेरै गोपिनी थिए जो कृष्णलाई बेहद प्यार गर्थे । कृष्णले ति सबैलाई साथीको नजरले हेरे र सम्मान गरे तर राधा प्रति उनका प्यार सधै अटल रह्यो ।आजका प्रेमीप्रेमिकाले उनीबाट साँचो प्यार सिक्न सक्छन ।

    गुरूप्रति आदर: भगवान विष्णुकै अवतार भएर पनि कृष्णले सधै आफ्ना गुरुलाई धेरै सम्मान गरे । जीवनभर भेटिएका सबै संतलाई उनले गरेको सम्मान बाट मानिसले अहंकार त्याग्न सक्नुपर्ने कुरा सिक्न सकिन्छ ।

    आमा बुबाको भक्ति : कृष्ण देवकी र वासुदेव के पुत्र भएपनि उनका पालन-पोषण यशोदा र नंद ले गरेका थिए। कृष्णले आफ्ना आमाहरु देवकी- यशोदा दुबैलाई एउतै स्थान दिए ।बुबाआमाको स्थान सबैभन्दा उँचो रहेको उनले व्यवहारबाट सिद्ध गरे ।

    मित्रता : भगवान श्रीकृष्ण र सुदामाको मित्रता कथा नै बनिसकेको छ । मित्रताको अगाडी ऊंच-नीच, धनी गरीव, सानो ठूलो भन्ने हुदैन भन्दै निस्वार्थ मित्रता गर्न कृष्णले सिकाएका छन् ।

    मोह्त्याग :कृष्णले गरेको व्यवहार र दिएको उपदेशको मर्म भनेको आफ्नो मोहलाई त्यागेर राम्रो र नराम्रो छुट्याई राम्रोका साथ् दिने बह्न्ने नै हो ।

    संघर्ष : गोकुलमा उनको जीवन सधै संघर्षले भरिएको थियो किन्तु उनी कत्तिपनि बिचलित भएनन् र सफलता प्राप्त गरेरै छोडे ।

    प्रतिकृया दिनुहोस्

    सञ्चार जगत सत्ताको प्रतिपक्षी नै हुनुपर्छ भन्ने मान्यता सही होइन : मन्त्री शर्मा

    सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारको बिरोध गर्ने नाउँमा व्यवस्थाकै बिरोध भैरहेको बताएकी...

    भक्तपुरमा मजदुर दिवसकै दिन गयो दुई मजदुरको ज्यान

    भक्तपुरमा विश्व मजदुर दिवसकै दिन दुई मजदुरको ज्यान गएको छ । इनार खन्ने क्रममा दुई...

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...

    भक्तपुर शाखाका बराललाई पत्रकार महासंघ उपत्यकाको रजत अभिनन्दन

    नेपाल पत्रकार महासंघको उपत्यका प्रदेश समितिले प्रदेश परिषद सदस्यहरु मध्येबाट २५ वर्षभन्दा बढी समयदेखि पत्रकारिता...