News Portal

  • मन्त्री बलदेव बिरामी : डेंगु भएपछि आइसीयुमा राखेर उपचार हुँदै

    भक्तपुर, २० भदौ
    ११०९ पटक
    भक्तपुर, २० भदौ

    डेंगु नियन्त्रणमा छ, खास असर छैन’ भनेर अवस्था लुकाउँदै आएको सरकारको पोल कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणि खनाल ‘बलदेव’ नै सो समस्याबाट ग्रस्त भएर अस्पताल भर्ना भएपछि छताछुल्ल भएको छ।

    खनाल डेंगुका कारण बुधबार साँझ टोखास्थित ग्रान्डी अस्पताल भर्ना भएका छन् । मन्त्री खनाल मंगबार साँझ टाउको दुख्ने र ज्वरो आउने समस्यापछि परीक्षणका लागि निदान अस्पताल पुगेका थिए । अस्पतालले उनलाई शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा डेंगुको परीक्षण गराउन पठाएको थियो।

    अस्पतालका मेडिकल डाइरेक्टर डा. चक्रराज पाण्डेका अनुसार मन्त्री खनालको उपचारका लागि विशेष टोली बनाएर खटाइएको छ। मन्त्री खनालको स्वास्थ्य अवस्था सामान्य रहेको र उपचार जारी रहेको समयमा भेटघाट बढी भएकाले नियन्त्रण गर्न गाह्रो भएर आईसीयूमा सारिएको छ तर उहाँलाई आईसीयू सेवा प्रयोग गर्नुपर्दैन, पाण्डेले भने– ‘अरू संक्रमण नहोस् भन्ने कुरामा भने हामी सचेत छौं।’

    अस्पतालले मन्त्री खनालको उपचारका लागि विशेषज्ञसहितको टोली बनाएर उपचार थालेको छ। जसमा डा. सुवास आचार्य, डा. प्रज्ज्वल श्रेष्ठ, डा. विनय रेग्मी र डा. प्रभात अधिकारी छन् । डा. पाण्डेले स्वास्थ्यबारे खासै चिन्ता गर्नुपर्ने अवस्था नरहेको बताए । नेपाल समाचारपत्रबाट

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...