News Portal

  • नेकपा भक्तपुरका सचिव डीपीले तयार पारे ४ सय ७ पृष्ठको पुस्तक : शनिवार दिउँसो सार्वजनिक हुँदै

    भक्तपुर, २१ भदौ
    ३०१५ पटक
    भक्तपुर, २१ भदौ

    सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका भक्तपुर जिल्ला सचिव डीपी ढकालद्वारा लिखित पुस्तक ‘पूँजीवादी र समाजवादी अर्थराजनीतिक विकासक्रम’ शनिवार दिउँसो सार्वजनिक हुने भएको छ ।

    अर्थ राजनीतिमा गहिरो अध्ययन गरेका नेता ढकालद्वारा लिखित पुस्तक नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिमोचन गर्ने कार्यक्रम रहेको बताइएको छ । पुस्तक बिमोचन कार्यक्रमको प्रमुख बक्ताका रुपमा रहेका अध्यक्ष प्रचण्डले पुस्तक तथा पूँजीवादी र समाजवादी अर्थराजनीतिका बारेमा प्रवचन समेत दिनेछन ।

    काठमाडौको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको प्रवचन कक्षमा हुने उक्त पुस्तक सार्वजनिक कार्यक्रममा अर्का वक्तामा रुपमा नेकपा सचिवालय सदस्य समेत रहेका उर्जा तथा सिंचाई मन्त्री वर्षमान पुन रहने जानकारी प्राप्त भएको छ ।

    त्यसैगरी नेकपामा वौद्धिक नेताको रुपमा पहिचान बनाएका घनश्याम भुसाल, लेखक तथा विश्लेषक हरि रोका, अर्थशास्त्री डा कुसुम शाक्य र समाजशास्त्री डा युवराज लुइँटेल पनि वक्ताका रुपमा निम्त्याइएका छन् । उनीहरुले पुस्तकमाथि टिप्पणी गर्नेछन् ।

    शनिवार दिउँसो २:३० बजे शुरु हुने कार्यक्रममा अर्थ राजनीतिसँग चासो र सरोकार राख्ने बौद्धिक व्यक्तित्वहरुको सहभागीता रहने आयोजकले जनाएका छन् ।

    लेखक ढकालले आफूले धेरै वर्षको मिहिनेतमा तयार पारेको पुस्तक ‘पूँजीवादी र समाजवादी अर्थराजनीतिक विकासक्रम’ अर्थराजनीतिका विद्यार्थीहरुलाई उपयोगी सिद्ध हुने बिस्वास व्यक्त गरेका छन् । बजारमा रहेको पुस्तकको अभावलाई यसले पूर्ती गर्ने उनको भनाइ छ ।

    ४ सय ७ पृष्ठ रहेको पुस्तकमा समाजवादी राष्ट्र सोभियत संघ, चीन र क्युवादेखि पूँजीवादी देश अमेरिका, स्वीट्जरल्याण्ड र भारतसम्मको अर्थ राजनीतिक विकासक्रम बारे स-विस्तार चर्चा गरिएको बताइएको छ ।

    जागरण बुक हाउसको प्रकाशन रहेको पुस्तकको मुल्य ६ सय रुपैयाँ राखिएको छ । बिमोचनको अवसर पारेर आज ४ सय ५० रुपैयाँमा नै पुस्तक उपलब्ध गराइने प्रकाशकबाट जानकारी प्राप्त भएको छ । मोटो गाता रहेको पुस्तकको मूल्य भने १ हजार २ सय ५० रुपैयाँ निर्धारण गरिएको प्रकाशकको भनाइ छ ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर शाखाका बराललाई पत्रकार महासंघ उपत्यकाको रजत अभिनन्दन

    नेपाल पत्रकार महासंघको उपत्यका प्रदेश समितिले प्रदेश परिषद सदस्यहरु मध्येबाट २५ वर्षभन्दा बढी समयदेखि पत्रकारिता...

    चाँगुनारायणमा एनजिओलाई विवरण बुझाउन बैशाख मसान्तसम्म म्याद

    chagu mayor

    चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तथा योजना र बजेट तर्जूमाबारे...

    मन्त्रालयका सहसचिव डा गैरे बर्खास्त

    कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको छ । शुक्रबार मन्त्रालयले...

    ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता

    नयाँ शैक्षिक सत्रको लागि विद्यालयमा भर्ना अभियान शुरु भएको छ । बैशाख २ गते बाट...

    भक्तपुरमा डलर देखाई ३ लाख ५० हजार ठगी फरारहरु प्रहरी फन्दामा

    भक्तपुरको मध्यपुर थिमि-१ लोकन्थलीमा बिदेशी डलर देखाई ३ लाख ५० हजार ठगी गरी भागेको आरोपमा...