News Portal

  • सूर्यविनायक-९ बाट लोड गरिएको पेस्तोलसहित साह समातिए

    भक्तपुर, २४ भदौ
    १२४९ पटक
    भक्तपुर, २४ भदौ

    महानगरीय प्रहरी वृत जगातीले पेस्तोलसहित एक व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराका शम्भु प्रसाद साह रहेका छन् ।

    जगाती वृत्तका प्रमुख डीएसपी चक्रराज जोशीको कमाण्डमा खटीएको प्रहरी टोलीले साहलाई सोमबार पक्राउ गरेको हो । बिशेष सुचनाको आधारमा उनलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ ।

    सुर्यबिनायक नगरपालिका वडा नं.९ भातेढिकुर स्थित सडकमा शंकास्पद रुपमा हिडिरहेका फेटा गाउँपालिका- ३ बस्ने बर्ष ४१ को साहले कम्मरमा पेस्तोल लुकाएको अवस्थामा पक्राउ गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारीसमेत रहेका डीएसपी रेवतीरमण पोखरेलले जानकारी गराए ।

    डीएसपी पोखरेलका अनुसार बरामद भएको उक्त कटुवा पेस्तोलमा एक राउण्ड गोली लोड गरिएको थियो भने ५ थान गोली झोलामा फेला पारिएको थियो ।

    साहलाई हातहतियार तथा खरखजाना मुद्दामा अदालतबाट म्याद लिई अनुसन्धान गरिरहेको बताइएको छ ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...