News Portal

  • चौथो मिस्टर भक्तपुर र पहिलो महिला एथलेटिक्स फिजिक्स प्रतियोगिताको मिति तय

    भक्तपुर, २७ भदौ
    ११९७ पटक
    भक्तपुर, २७ भदौ

    भक्तपुरमा जिल्ला ब्यापी शारीरिक सुगठन सम्बन्धी प्रतियोगिता हुने भएको छ । शारीरिक सुगठन तथा फिट्नेस संघ भक्तपुरको आयोजनामा उक्त प्रतियोगिता हुन लागेको हो ।

    भक्तपुर जिल्ला शारीरिक सुगठन तथा फिट्नेस संघले शुक्रवार पत्रकार सम्मेलन मार्फत असोज ३ र ४ गते प्रतियोगिता हुने बताएको छ । संघले पुरुषहरुको लागि मिस्टर भक्तपुरको चौथो सस्करण तथा महिलाहरुको लागि पहिलो महिला एथलेटिक्स फिजिक्स प्रतियोगिता हुने जानकारी गराएको हो ।

    संघका अध्यक्ष बाबुकाजी मानन्धरले जनाए अनुसार प्रतियोगिताको प्रि जजिङ असोज ३ गते एक क्लवमा र फाईनल ४ गते ठिमीस्थित एक पार्टी प्यालेसमा गरिने तयारी रहेको छ । उनका अनुसार प्रतियोगितामा ५० बढी खेलाडीले प्रतिस्पर्धा गर्ने अपेक्षा गरिएको छ ।

    तौल समुहको आधारमा खेलाइने प्रतियोगितामा बिजेताहरुलाई पाचौ स्थानसम्म पुरस्कारको व्यवस्था गरिएको बताइएको छ ।

    मिष्टर भक्तपुर बन्न सफल खेलाडीले ५० हजार नगद सहित,ट्रफि र प्रमाण पत्र प्राप्त गर्ने तथा महिला एथलेटिक्स फिजिक्सतर्फ उपाधि हासिल गर्नेले २५ हजार नगदसहित पदक र प्रमाणपत्र प्राप्त गर्ने संघका सल्लाहकार रामकृष्ण मानन्धरले जानकारी गराए । प्रतियोगितामा पुरुष तर्फ पाचौ स्थान सम्मकै लागि नगद पुरस्कारको व्यवस्था भएपनि महिलातर्फ चौथो र पाँचौ हुनेले भने ट्रफी र प्रमाणपत्र मात्र प्राप्त गर्ने बताइएको छ ।

    संघले जनाए अनुसार रास्ट्रिय पुरस्कार प्राप्त गरिसकेका जिल्लाका खेलाडी भने यस प्रतियोगितामा सहभागी हुन पाउने छैनन् । यो खेल प्रति आकर्षण बढाउँन प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकको भनाइ छ ।

    प्रतिकृया दिनुहोस्

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...

    भक्तपुर शाखाका बराललाई पत्रकार महासंघ उपत्यकाको रजत अभिनन्दन

    नेपाल पत्रकार महासंघको उपत्यका प्रदेश समितिले प्रदेश परिषद सदस्यहरु मध्येबाट २५ वर्षभन्दा बढी समयदेखि पत्रकारिता...

    चाँगुनारायणमा एनजिओलाई विवरण बुझाउन बैशाख मसान्तसम्म म्याद

    chagu mayor

    चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तथा योजना र बजेट तर्जूमाबारे...

    मन्त्रालयका सहसचिव डा गैरे बर्खास्त

    कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको छ । शुक्रबार मन्त्रालयले...