News Portal

  • भक्तपुरमै जागिरको अवसर : सानोठिमीस्थित जनक शिक्षाले माग्यो ३४ कर्मचारी

    भक्तपुर, २७ भदौ
    २९७२ पटक
    भक्तपुर, २७ भदौ

    सानोठिमीस्थित जनकशिक्षा सामाग्री केन्द्र लिमिटेडले ठूलो संख्यामा कर्मचारी माग गरेको छ । केन्द्रले शुक्रबार एक सूचना जारी गरी विभिन्न पदका लागि कर्मचारी माग गरेको हो ।

    सरकारको आधिकारिक मुद्रकका रुपमा रहेको केन्द्रले ३४ जना कर्मचारीको पद्पूर्तीका लागि आवेदन आव्हान गरेको छ । उपप्रबन्धकदेखि बरिष्ठ सहायकसम्म गरी ३४ जना कर्मचारी माग गरिएको हो ।

    जनक शिक्षाले लोकसेवा आयोगको स्वीकृति लिएर यी पदहरुमा आवेदन माग गरेको बताइएको छ । तह-७ उपप्रबन्धक आन्तरीक प्रतियोगिताबाट पदपूर्ती गर्ने बताइएको भए पनि बाँकी ३३ जना तह ५ र ६ को लागि खुला र समावेशी प्रतिस्पर्धाबाट कर्मचारी छनौट हुनेछन ।

    असोज १६ गतेसम्म आवेदन दिन आह्वान गरिएको सूचनामा दोब्बर दस्तुर तिरेर आवेदन दिन पाइने अन्तिम मिति भने असोज २३ सम्मलाई तोकिएको छ ।

    आवेदकहरु बीच लिखित, मौखिक र आवस्यक पदमा प्रयोगात्मक समेत परीक्षा संचालन गरी पदपूर्ती गरिने केन्द्रले जनाएको छ ।

    फाराम डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् 

    यस्तो छ सूचना

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...