News Portal

  • नेपाल क्रान्तिकारी डकर्मी संघको भक्तपुर सम्मेलन शुरु

    भक्तपुर, १ असोज
    १६२७ पटक
    भक्तपुर, १ असोज

    नेपाल मजदुर किसान पार्टीको सातौ महाधिवेशनको पूर्वसन्ध्यामा उक्त पार्टी निकट नेपाल क्रान्तिकारी डकर्मी संघको तेस्रो भक्तपुर जिल्ला सम्मेलन शुरु भएको छ ।

    बुधबार नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले नेपाल क्रान्तिकारी डकर्मी संघको तेस्रो भक्तपुर जिल्ला सम्मेलन उद्घाटन गरे ।

    भक्तपुरको सल्लाघारीमा सम्मेलन उद्घाटन गर्दै अध्यक्ष बिजुक्छेँले मजदुर बर्गको हित नभई राज्य समृद्ध हुन नसक्ने जिकिर गरे । उनले समाजमा डकर्मीको योगदान उच्च रहेको बताउदै सीप र प्रविधिहरू नयाँ पुस्तामा पुस्तान्तरण गरी कला–संस्कृतिको संरक्षण गर्नुपर्नेमा जोड दिए । कालिगढहरूले नयाँ नयाँ प्रविधि र निर्माणबारे पनि सिकेर पूर्ण बन्न प्रयास गरिरहनु पर्ने पनि उनको भनाइ छ ।

    भक्तपुरको मूर्त–अमूर्त कला र संस्कृतिका कारण भक्तपुर घुम्ने आन्तरिक तथा बाह्य पर्यटकहरूको संख्या बढिरहेकोमा खुशी व्यक्त गर्दै अध्यक्ष बिजुक्छेंले यसमा डकर्मीहरुको समेत उल्लेख्य योगदान रहेको बताए ।

    डकर्मीहरूको पेशा चुनौतीपूर्ण रहेकोप्रति चिन्ता व्यक्त गर्दै उनले जीवन सुरक्षाको निम्ति डकर्मीहरूलाई प्रशिक्षित गर्नुपर्ने र बीमा लगायतको व्यवस्था गरी कामको सिलसिलामा उनीहरुको जीवन सुरक्षाको जिम्मा लिइनुपर्ने आवश्यकता औंल्याए ।

    कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य तथा भक्तपुर नगरपालिका प्रमुख सुनिल प्रजापतिले भवन निर्माण र अन्य व्यापारका कामहरूमा भारतीय कामदार र लगानीकर्ताको संलग्नता बढिरहेको उल्लेख गर्दै नेपाली कामदारहरू बिस्तारै बिस्थापित हुने खतरा बढेको बताए ।

    आर्थिक अनियमितता तथा भ्रष्टाचारका कारण ठेकेदारहरू बद्नाम बनिरहेको तर्फ इङ्कित् गर्दै प्रमुख प्रजापतिले भक्तपुरमा भइरहेका विकास निर्माण तथा सांस्कृतिक सम्पदा पुनःनिर्माण उपभोक्ता समितिमार्फत् गुणस्तरीय ढंगले अगाडि बढिरहेको जिकिर गरे ।

    उक्त अवसरमा नेपाल क्रान्तिकारी मजदुर संघ भक्तपुर जिल्लाका अध्यक्ष उपेन्द्र सुवाल,नेपाल क्रान्तिकारी डकर्मी संघका अध्यक्ष विष्णुराम दुमरु,भक्तपुर सिकर्मी संघका अध्यक्ष विक्रम ढुकुछु, नेपाल क्रान्तिकारी डकर्मी संघका उपाध्यक्ष विक्रम कासिछ्वा, नेपाल क्रान्तिकारी मजदुर संघका शिव सितिखु र नेपाल डकर्मी संघका सूर्यनारायण फाँजू लगायतले मजदुर बर्गको वर्तमान अवस्था र संगठनको औचित्वमाथि प्रकाश पारेका थिए ।

    प्रतिकृया दिनुहोस्

    चाँगुनारायणमा एनजिओलाई विवरण बुझाउन बैशाख मसान्तसम्म म्याद

    chagu mayor

    चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तथा योजना र बजेट तर्जूमाबारे...

    मन्त्रालयका सहसचिव डा गैरे बर्खास्त

    कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको छ । शुक्रबार मन्त्रालयले...

    ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता

    नयाँ शैक्षिक सत्रको लागि विद्यालयमा भर्ना अभियान शुरु भएको छ । बैशाख २ गते बाट...

    भक्तपुरमा डलर देखाई ३ लाख ५० हजार ठगी फरारहरु प्रहरी फन्दामा

    भक्तपुरको मध्यपुर थिमि-१ लोकन्थलीमा बिदेशी डलर देखाई ३ लाख ५० हजार ठगी गरी भागेको आरोपमा...

    बैशाख २४ मा सार्वजनिक बिदा र उत्सवबारे प्रदेश सरकारका प्रवक्ता श्रेष्ठको यस्तो खुलासा

    बागमती प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले प्रदेश सरकारले...