News Portal

  • बालकोटमा एकाविहानै लागेको आगो नियन्त्रणमा : २५ लाखको क्षती

    भक्तपुर, ५ असोज
    ११०४ पटक
    भक्तपुर, ५ असोज

    सूर्यविनायक–२ बालकोटस्थित एक उद्योगमा एकाविहानै आगलागी भएको छ । बालकोटस्थित मनकामना कपास उद्योगमा आज बिहानै आगलागी भएको हो ।

    मोरंगको बिराटनगरकी सरिता चौलागाईंले सञ्चालन गरेको पुराना कपडाबाट रुवा बनाउने उक्त उद्योगमा बिहान करिब ६ बजेको समयमा आगो सल्किएको थियो । आगो पुराना कपडामा सल्किएको  र त्यसले नजिकै रहेको ग्यास सिलिन्डर बिस्फोट गरेपछि आगलागीले उग्र रुप लिएको थियो ।

    भक्तपुरको वारूणयन्त्रले नपुगेर काठमाडौ बाट समेत मगाएर आगो नियन्त्रणमा लीएको स्थानीयले जानकारी गराए ।नेपाल प्रहरी, नेपाली सेना र स्थानीयको सक्रियताका कारण आगो नियन्त्रणमा आएको बताइएको छ ।

    आगलागीबाट कारखानामा मालसामान र मेशिन, औजार जलेर नष्ट भएका छन् । अन्दाजी २५ लाख बराबरको क्षती भएको प्रारम्भीक अनुमान गरिएको छ । क्षतीको विवरण संकलन भैरहेको प्रहरीको भनाइ छ ।

    आगलागीको कारण थाहाँ हुन नसकेको र आवश्यक अनुसन्धान भैरहेको बताईएको छ ।

    सच्याइएको : उद्योग संचालकको ठेगाना मोरंगको बिराटनगर हुनुपर्नेमा अन्यथा भएकोले सच्याइएको छ ।

    प्रतिकृया दिनुहोस्

    चाँगुनारायणमा एनजिओलाई विवरण बुझाउन बैशाख मसान्तसम्म म्याद

    chagu mayor

    चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तथा योजना र बजेट तर्जूमाबारे...

    मन्त्रालयका सहसचिव डा गैरे बर्खास्त

    कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको छ । शुक्रबार मन्त्रालयले...

    ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता

    नयाँ शैक्षिक सत्रको लागि विद्यालयमा भर्ना अभियान शुरु भएको छ । बैशाख २ गते बाट...

    भक्तपुरमा डलर देखाई ३ लाख ५० हजार ठगी फरारहरु प्रहरी फन्दामा

    भक्तपुरको मध्यपुर थिमि-१ लोकन्थलीमा बिदेशी डलर देखाई ३ लाख ५० हजार ठगी गरी भागेको आरोपमा...

    बैशाख २४ मा सार्वजनिक बिदा र उत्सवबारे प्रदेश सरकारका प्रवक्ता श्रेष्ठको यस्तो खुलासा

    बागमती प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले प्रदेश सरकारले...