सानोठिमीस्थित राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षाफल प्रकाशन गरेको छ । मंगलवार एकाबिहानै परीक्षाफल प्राकशन गरिएको छ ।
गत जेठमा सम्पन्न परीक्षामा देशभरबाट ५ लाख ९ हजार ५२ परीक्षार्थी सहभागी भएकोमा नियमित तर्फ ३ लाख ४९ हजार ६ सय ३ र आशिंक तर्फ १ लाख ४२ हजार ३सय ४५ सहभागी थिए ।
बोर्डले अक्षरांकन प्रणाली अनुसार नतिजा प्रकाशन गर्दै आएको छ ।
नियमित तर्फ परीक्षामा २ हजार ३ सय १९ ले जिपिए ३.६१ देखि ४, १३ हजार ७सय७२ ले ३.२१ देखि ३.६० जिपिए, ३२ हजार २सय५३ ले २.८१ देखि ३.२० जिपिए प्राप्त गरेका छन् ।
यस्तै, ५४ हजार ८सय१६ ले २.४१ देखि २.८० जिपिए, ८४हजार २सय३९ ले २.०१ देखि २.४० र ८९हजार ६सय५० ले १.६१ देखि २.२० जिपिए ल्याएका छन् ।
यस्तै, ४३ हजार ३७ ले १.२१ देखि १.६० जिपिए, ८ हजार १सय७१ ले ०.८१ देखि १.२०, २१ हजार ३सय४६ ले ० देखि ०.८० जिपिए ल्याएका छन् ।
नतिजा हेर्न यहाँ क्लिक गर्नुहाेस
हेर्नुहोस नतिजाको सूचना
भक्तपुर पोस्टको फेसबुक पेज लाइक गर्न बिर्सनु भएको त छैन ?