News Portal

  • चाँगुनारायणमा करातेका पदक विजेता ९ खेलाडी सम्मानित

    हिना सुवाल / भक्तपुरपोस्ट भक्तपुर, १५ असोज
    १२३१ पटक
    भक्तपुर, १५ असोज

    चाँगुनारायण नगरपालिका वडा न. ८ सुडालस्थित आरक्षण नेशनल एकेडेमी डोजोले कराते खेलका उत्कृष्ट खेलाडीहरुलाई सम्मानित गरेको छ । आरक्षण नेशनल एकेडेमी डोजोले कराते खेलमा पदक विजेता ९ खेलाडीलाई बुधवार एक कार्यक्रमका बीच सम्मान गरेको हो ।

    आयोजकले भक्तपुर पोस्टलाई दिएको जानकारी अनुसार वर्ष भरि उत्कृष्ट प्रदर्शन गर्दै मेडल प्राप्त गरेका खेलाडीहरु बुधवार सम्मानित भएका हुन् । सम्मानित हुने खेलाडीहरुमा गोल्ड मेडल ल्याउने सन्देश खत्री, आभाष सुकमनी र आभा सुकमनी , रजत पदक ल्याउने बर्षा खत्री, निरज खत्री र प्रतिमा राई यस्तै कास्य पदक ल्याउने खेलाडीहरुमा अनिसा गाईजु, जेनिता अधिकार, निरुता मानन्धर रहेका छन् ।

    उक्त अवसरमा प्रशिक्षक गणेश सुकमनीलाई महेन्द्र ग्राममा डोजो अनुमति पत्र समेत प्रदान गरिएको थियो । त्यसैगरी उक्त कार्यक्रममा दोस्रो जुनियर ग्रेडिङ कार्यक्रम सम्पन्न गरिएको थियो । ग्रेडिङमा २९ जना खेलाडीहरुको सहभागिता रहेको आयोजकको भनाइ छ ।

    कार्यक्रममा चाँगुनारायण नगरपालिका वडा न. ८ का वडा सदस्य नरेन्द्र वहादुर श्रेष्ठले खेल विकासमा जस्तो पनि सहयोग गर्न तयार भएको बताए । उनले नयाँ नगरपालिका भएका कारण आफूहरुलाई के गर्दा खेलको विकासमा सहयोग हुन्छ भनी पत्तो नहुँदा यसमा ध्यान दिन नसकेको बताए ।

    यस्तै कार्यक्रममा रामशरण त्वातीले एकल खेलको विकास गर्न सके मात्र राष्ट्रिय तथा अन्तराष्ट्रिय पदक जित्न सकिने बिचार व्यक्त गरेका थिए ।

    उक्त कार्यक्रममा आरक्षण नेशनल स्कूलका अनुज बुढाथोकीले स्वातग मन्तब्य व्यक्त गरेका थिए भने सुनिता मोक्तानले कार्यक्रम संचालन गरेकी थिइन् । सो कार्यक्रममा रेफ्रि विजय एण्डो, पृथ्वी बासुकला, सञ्जय लामा लगायतको उपस्थिती रहेको थियो ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...