News Portal

  • प्रतिबन्धित विप्लवदेखि बाबुराम लगायत ११ नेता सत्तारुढ नेकपाकै गाडीमा सरर

    काठमाडौं, १७ असाेज
    १०५९ पटक
    काठमाडौं, १७ असाेज

    गाडी अन्य पार्टीका नेताहरूले चढिरहेका छन्। तर सत्तारूढ नेकपाले ती सबै गाडी आफ्नो पार्टीको सम्पत्ति विवरणमा राखेको आजको अन्नपूर्णपोस्टमा रामकृष्ण अधिकारीले खबर लेखेका छन् ।

    खबर अनुसार प्रतिबन्धित नेकपा महासचिव विप्लव, पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई लगायत अन्य दलका नेताले नेकपाका ११ वटा गाडी लिएर चढिरहेका छन् ।

    तत्कालीन माओवादी केन्द्रको सम्पत्ति विवरण कार्यालयका तत्कालीन मुख्य सचिव प्रह्लाद बुढाथोकीले असोज १ मा नेकपा केन्द्रीय कार्यालय सचिव श्रीराम ढकाल प्रशान्तलाई बुझाएका हुन् ।

    बुढाथोकीले बुझाएको पेरिसडाँडास्थित कार्यालयको सम्पत्ति विवरणमा पार्टीको सम्पत्तिका नाममा ३४ सवारीसाधन रहेको उल्लेख छ। त्यसैमध्येका ११ वटा गाडी विप्लवदेखि डा. भट्टराईसम्मले प्रयोग गरिरहेका बताइएको छ ।

    खबर अनुसार नेकपाका गाडी चढ्नेहरुमा पुनः माओवादी केन्द्र नै ब्युँताएका गोपाल किराती, मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीका रहेका नेता सीपी गजुरेल, प्रवक्ता हरिभक्त कँडेल र इन्द्रमोहन सिग्देल, समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. भट्टराई, हिसिला यमी, प्रतिबन्धित नेकपाका महासचिव विप्लव, स्थायी समिति सदस्य धर्मेन्द्र बास्तोला, हेमन्तप्रकाश वली र खडकबहादुर विश्वकर्माले चढिरहेका गाडी पनि नेकपाले सम्पत्तिका रूपमा अभिलेख गरेको छ।

    यी गाडी यातायात कार्यालयमा ‘एकीकृत नेकपा माओवादी’ कै नाममा दर्ता छन्। नेकपामा नरहेका तर तत्कालीन माओवादीले पार्टीको गाडी प्रयोगमा लगेका भनी उल्लेख गरेका ११ जना पनि कुनै बेला माओवादीकै नेता थिए।

    गाडी दर्ता पनि एमाओवादीकै नाममा छ। नवीकरण पनि त्यही नाममा भइरहेको छ। कसैले उजुरबाजुर पनि गरेको छैन।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...