News Portal

  • भक्तपुरको उपनिर्वाचनका लागि मूख्य निर्वाचन अधिकृतमा प्रधान

    भक्तपुर, ४ कात्तिक
    १६५१ पटक
    भक्तपुर, ४ कात्तिक

    मंसिर १४ गते तय गरिएको उपनिर्वाचनका लागि देशभर निर्वाचन आयोगले मूख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरु नियुक्त गरेसंगै भक्तपुरमा पनि मूख्य निर्वाचन अधिकृत नियुक्त गरिएको छ ।

    भक्तपुरमा हुने उप निर्वाचनको लागि आयोगले भक्तपुर जिल्ला अदालतका न्यायाधिस जगत नारायण प्रधानलाई मूख्य निर्वाचन अधिकृतको रुपमा नियुक्त गरेको हो । जिल्लामा कार्यरत ५ न्यायाधिस मध्ये प्रधान आयोगको मूख्य निर्वाचन अधिकृत छनौट भएका हुन् । उनी जिल्ला अदालतका बरिष्ठ न्यायाधिस हुन् ।

    मंसिर १४ मा निर्धारित उपनिर्वाचनमा भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर १ मा हुने निर्वाचनका लागि प्रधान मूख्य निर्वाचन अधिकृत नियुक्त भएका हुन् ।

    यहाँबाट निर्वाचित प्रदेश सभा सदस्य हरिशरण लामिछानेको निधनपछि रिक्त रहेको पदमा उप निर्वाचन हुने भएको हो ।

    गत वर्ष ३१ वैशाखमा उनको हृदयघातका कारण निधन भएपछि उनी निर्वाचित स्थान रिक्त रहदै आएको छ ।

    तत्कालिन नेकपा (एमाले)बाट उम्मेदवार बनेका लामिछाने १२ हजार ७ सय ८९ मतसहित प्रदेश सभा सदस्य निर्वाचित भएका थिए ।

    प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहमा देशभर रिक्त विभिन्न ५२ पदमा मंसिर १४ गते उपनिर्वाचनको मिति तोकिएको छ । भक्तपुरका अलावा बाग्लुङ्ग र दाङ्गमा पनि प्रदेश सभा सदस्यका लागि उप निर्वाचन हुनेछ भने तत्कालिन पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको निधन पछि रिक्त कास्की क्षेत्र नम्बर २, प्रतिनिधिसभा सदस्य पदको लागि पनि उप निर्वाचन हुदैछ ।

    त्यसैगरी बिभिन्न स्थानीय तहका १ प्रमुख, १ अध्यक्ष, ३ उपप्रमुख र ४३ वडाध्यक्ष पदका लागि पनि उपनिर्वाचन हुने  निर्वाचन आयाेगले जनाएकाे छ ।

    प्रतिकृया दिनुहोस्

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...

    भक्तपुर शाखाका बराललाई पत्रकार महासंघ उपत्यकाको रजत अभिनन्दन

    नेपाल पत्रकार महासंघको उपत्यका प्रदेश समितिले प्रदेश परिषद सदस्यहरु मध्येबाट २५ वर्षभन्दा बढी समयदेखि पत्रकारिता...

    चाँगुनारायणमा एनजिओलाई विवरण बुझाउन बैशाख मसान्तसम्म म्याद

    chagu mayor

    चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तथा योजना र बजेट तर्जूमाबारे...

    मन्त्रालयका सहसचिव डा गैरे बर्खास्त

    कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको छ । शुक्रबार मन्त्रालयले...