News Portal

  • दुर्गेश थापाले माफी माग्दै हटाए गीत : उनको ह्याप्पी तिहार गीत कपि गरेको भए शेयर नगर्नुस्

    भक्तपुर, ५ कात्तिक
    १२३० पटक
    भक्तपुर, ५ कात्तिक

    गायक दुर्गेश थापाले ‘ह्याप्पी तिहार, चीसो बियर’ बोलको गीत युट्युब बाट हटाएका छन् ।

    ह्याप्पी तिहार, चीसो बियर’ बोलको गीतले युवालाई कुलतमा फस्न प्रेरित गरेको भन्दै उजुरी परेपछि प्रहरीले उनलाई मंगलवार पक्राउ गरेको थियो ।

    सीडीओ कार्यालय काठमाडौमा उनी उपर परेको उजुरीमा प्रहरीले पक्राउ गरी उपस्थित् गराएपछि गायक दुर्गेशले माफी माग्दै उक्त गीत युट्युबबाट हटाएसंगै उनी मंगलवार नै रिहा भएका अपराध अनुसन्धान महाशाखाले जनाएको छ ।

    ह्याप्पी तिहार, चीसो बियर’ बोलको गीतमा उनले बियर खान मात्र उक्साएका छैनन् । ए निकाल गाँजा , खानुपर्छ आज…भनेर प्रचलित कानुनद्वारा प्रतिबन्धित गाँजा खाने कुरा पनि गरेका छन् ।

    गायक थापाले आफ्नो गीतमा अन्जानबस ती शब्दहरु परेको भन्दै क्षमायाचना गरेका छन् । आफूले उक्त गीत युट्युब बाट हटाएको जनाउदै उनले त्यसलाई कपी गरेर राखेको भए प्रकाशन/प्रशारण नगरिदिन पनि अनुरोध गरेका छन् ।

    त्यतिमात्र होइन गायक थापाले आगामी दिनमा यस्ता सामाजिक , सास्कृतिक सद्भावमा खलल पुर्याउने गीत नगाउने पनि प्रतिवद्धता प्रकट गरेका छन् ।

    उनको गीत यदि तपाईले पनि कपि गरेर राख्नु भएको छ भने शेयर नगर्नुहोला अन्यथा तपाइमाथि पनि कानुन आकर्षित हुने सम्भावना रहन सक्छ । गायक थापाको ुह्याप्पी तिहार’ गीतले तिहार अन्ह्याप्पी नहोस् । सजग रहनुहोला ।

    हेर्नुस् गायक दुर्गेश थापाको प्रतिबद्धता

     

     

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...