News Portal

  • भारतको मोतिहारीदेखि चितवनसम्म पाइपलाइन

    भक्तपुर, ९ कात्तिक
    ७९६ पटक
    भक्तपुर, ९ कात्तिक

    भारतको मोतिहारीदेखि चितवनको लोथरसम्म एलपिजी ग्यास पाइपलाइन निर्माण गरिने भएको छ। मोतिहारीदेखि अमलेखगञ्जसम्म हालै पेट्रोलियम पाइपलाइन निर्माण भैसकेको छ। नेपाल आयल निगमका अनुसार अमलेखगञ्जदेखि पाइपलाइन अब चितवनको लोथरसम्म बिस्तार गर्न लागिएको हो ।

    शनिबार अमलेखगञ्ज पुगेर उद्योग, बाणिज्य तथा आपूर्तिमन्त्री मात्रिका यादवले निगमको अमलेखगञ्ज डिपो परिसरमा मोतिहारीदेखि अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनलाई बिस्तार गरी चितवन लोथर पुर्‍याउने कार्यको शुभारम्भ गरे।

    यस्तै मोतिहारीदेखि चितवनसम्म बेग्लै एलपिजी ग्यास पाइपलाइन पनि निर्माण गर्न लागिएको छ। उक्त योजनाका लागि सर्भे गर्ने कामको सुरूवात भएको मन्त्री यादवले घोषणा गरेका हुन्।

    लोथरमा एलपिजी ग्यास भण्डारण गर्ने ठाउँ पनि निर्माण गर्ने निगमको योजना छ। अमलेखगञ्जदेखि लोथरसम्म पेट्रोलियम पाइपलाइनको दुरी ६२ किलोमिटरको हुनेछ। एलपिजी ग्यास पाइपलाइन चितवनदेखि अमलेखगञ्ज हुँदै मोतिहारीसम्म ९८ किलोमिटर दुरीको हुने निगमले जनाएको छ।

    पाइपलाइन निर्माण भएपछि प्रतिघण्टा पेट्रोलियम पदार्थ २९० किलोलिटर ढुवानी गर्न सकिन्छ भने करिब एक सय टन प्रतिघण्टा ग्यास ढुवानी गर्न सकिन्छ। लोथरमा पेट्रोलियम पदार्थ एक लाख किलोलिटर र २० हजार मेक्ट्रिकटन ग्यास भण्डारण क्षमताको ठाउँ बनाइने निगमको तयारी छ।

    पेट्रोलियम पाइपलाइन निर्माणमा करिब पाँच अर्ब रूपैंया र भण्डारण ठाउँ निर्माणमा चार अर्ब रूपैंयाभन्दा बढी लगानी लाग्ने निगमले जानकारी दिएको छ। यस्तै एलपिजी ग्यास पाइपलाइन निर्माणमा करिब ११ अर्ब रूपैंया र भण्डारणमा तीन अर्ब रूपैंयाँ लगानी चाहिने बताइएको छ ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर शाखाका बराललाई पत्रकार महासंघ उपत्यकाको रजत अभिनन्दन

    नेपाल पत्रकार महासंघको उपत्यका प्रदेश समितिले प्रदेश परिषद सदस्यहरु मध्येबाट २५ वर्षभन्दा बढी समयदेखि पत्रकारिता...

    चाँगुनारायणमा एनजिओलाई विवरण बुझाउन बैशाख मसान्तसम्म म्याद

    chagu mayor

    चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तथा योजना र बजेट तर्जूमाबारे...

    मन्त्रालयका सहसचिव डा गैरे बर्खास्त

    कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको छ । शुक्रबार मन्त्रालयले...

    ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता

    नयाँ शैक्षिक सत्रको लागि विद्यालयमा भर्ना अभियान शुरु भएको छ । बैशाख २ गते बाट...

    भक्तपुरमा डलर देखाई ३ लाख ५० हजार ठगी फरारहरु प्रहरी फन्दामा

    भक्तपुरको मध्यपुर थिमि-१ लोकन्थलीमा बिदेशी डलर देखाई ३ लाख ५० हजार ठगी गरी भागेको आरोपमा...