News Portal

  • भक्तपुरका सीडीओ भट्टलाई गृहले दियो ‘बी प्लस’ ग्रेड : गठ्ठाघर बस्ने पौडेलले पाए ‘ए प्लस’

    भक्तपुर, १६ कात्तिक
    ५७९७ पटक
    भक्तपुर, १६ कात्तिक

    गृह मन्त्रालयले आफू मातहतका ७७ सिडिओको कार्यसम्पादन मूल्यांकन गरी ग्रेडिङ् गरेको छ । मन्त्रालय र सिडिओहरु बीच भएको कार्यसम्पादन करारका आधारमा मूल्यांकन गरी ग्रेडिङ् गरिएको हो ।

    सबै राष्ट्रसेवक कर्मचारीसंग कार्यसम्पादन करार गरेर कामप्रति प्रतिबद्ध बनाइराख्ने सरकारको नीतिलाई सबैभन्दा पहिले लागू गरेको गृहले सिडिओहरुलाई उनीहरुको करार बमोजिमको कार्यप्रगती हेरेर नम्बर समेत दिएपछि सिडिओहरुको कार्यप्रगती सार्वजनिक भएको छ । संघीय सरकारका जिल्ला प्रमुख पनि रहेका सिडिओहरुलाई यसले करार बमोजिम काम गर्न थप प्रतिस्पर्धी बनाउने गृह मन्त्रालयको बिस्वास रहेको कर्मचारी प्रशासनका कृष्ण पौडेलले भक्तपुर पोस्टलाई बताए ।

    भक्तपुरको गठ्ठाघर बस्ने पौडेल यस अघि रसुवाका सिडिओ समेत थिए । ३२ वर्षकाे उमेरमै रसुवाको सिडिओ भएका पौडेल गृहले दिएको नम्बरको आधारमा ७७ जिल्लाको सिडिओ मध्ये ९०.६९% प्राप्ताङ्क र ए प्लस ग्रेड प्राप्त गरी तेश्रो बन्न सफल भएका छन् । हाल उनकाे स्थानमा अर्जुन भण्डारी रसुवाकाे सिडिओ रहेका छन् ।

    बर्दियाका सिडिओ रामबहादुर कुरुम्बाङ र अर्घाखाँचीका प्रेमलाल लामिछाने क्रमश पहिलो र दोश्रो भएका छन् । अवधी पुगेपछि कुरुम्बाङ अहिले स्याङ्जामा कार्यरत रहेका छन् भने लामिछाने बर्दिया पुगेका छन् । ए प्लस ग्रेड प्राप्त गर्ने अन्य सीडीओमा चितवनका जितेन्द्र बस्नेत र रुपन्देहीका उदय राना र अर्जुन पोखरेल पनि परेका छन्।

    भक्तपुरमा कार्यरत प्रमुख जिल्ला अधिकारी नारायण भट्टले भने ‘बी प्लस’ ग्रेडमा चित्त बुझाउनु परेको छ । सानो जिल्लाको रुपमा रहेको भक्तपुरमा भट्टकाे प्राप्ताङ्क सन्तोषजनक भने होइन । धादिङ घर भएका भट्ट भक्तपुरमा कमजोर देखिएका छ्न् । उनी ७३. ९४% नम्बर प्राप्त गरी ६४औ नम्बरमा परेका छन् । सिन्धुपाल्चोकका कृष्ण अधिकारी र गोमा चेम्जोङ् भने ग्रेड सी ल्याएर प्रतिस्पर्धाको सबैभन्दा पुछारमा परेका छन् ।

    सच्याइएको : सीडीओ भट्टको गृह जिल्ला धादिङ हुनुपर्नेमा अन्यथा भएकोले सच्याइएको छ । -सम्पादक

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...