News Portal

  • मूर्ती पूजा नहुने छठ पर्व सम्पन्न

    भक्तपुर, १७ कात्तिक
    १८६० पटक
    भक्तपुर, १७ कात्तिक

    आइतवार बिहानै उदाउँदो सूर्यलाई अर्घ दिई छठ पूजा विसर्जन गरिएको छ । अघिल्लो दिन(षष्टी)मा अस्ताउदो सूर्यलाई अर्घ दिई रातभर सूर्य भगवान र उनकी बहिनी षष्टीमाता (छठी मैया)को उपासना गरी सप्तमीका दिन बिहानै पुन: अर्घ दिएपछि पूजा बिसर्जन भएको हो ।

    नदी,पोखरी वा जलाशयको किनारमा घाट बनाई ब्रतालूहरु षष्टीको साँझ र त्यसको भोलीपल्ट बिहान सूर्य र छठी मैयाको पूजा अर्चना र उपासना गर्दछन् । यो पर्वको विशेषता भनेको यसमा कुनै मूर्ती पूजा हुँदैन । पवित्र मनले प्रकृतीको पूजा गरिने यो छठ पर्व मनाउँदा पारिवारिक कल्याण, सन्तानसुख तथा मनोकामना पूरा हुने विश्वास गरिन्छ । यो पर्व हिन्दूले मात्र नभइ मुस्लिम समुदायका व्यत्तिले पनि बिधिबत मनाउछन् ।

    सृष्टिको सुरूवातदेखि नै सूर्यको उपासना गरिंदै आएको पाइन्छ । अग्नि पुराणमा पनि षष्ठी व्रतको प्रसंग उल्लेख छ। चौध वर्षको वनवास र एक वर्षको अज्ञातवास बसेको बेला कुन्ती, द्रौपदी सहित पाण्डवले यो व्रत गरेको वर्णन महाभारतमा पाइन्छ । त्रेता युगमा राजा दशरथकी रानी कौशल्याले पनि यो व्रत गरेको बताइन्छ । कात्तिक महिनामा मनाइने छठलाई ठूलो छठ भनिन्छ । चैतको षष्ठी तिथिमा पनि केही ठाउँमा यो पर्व मनाइन्छ ।तर, नेपालमा भने चैतमा छठ मनाइदैन ।

    यो पर्वको बिशेष परिकार वा प्रसादको रुपमा ठेकुवा र भुसुवा रहेको पाइन्छ । त्यसका अलावा उखु, केराउ, केरा, नरिवल, मिठाई, चना, कागती र अदुवा पनि प्रसादको रुपमा अर्पण गरी खाने चलन छ ।

    नेपालमा विशेष गरी तराइ क्षेत्रमा मनाइने यो पर्व पछिल्लो समय राजधानी लगायत देशको धेरै ठाउँहरुमा उत्तिकै भव्यताका साथ् मनाउन थालिएको छ । कठोर ब्रतको रुपमा रहेको छठ पर्व भक्तपुरमा पनि भव्यताका साथ् सम्पन्न भएको छ ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...