News Portal

  • भक्तपुर प्रहरीद्वारा लागुऔषध काराेवारी पक्राउ : ५० बढी मोबाइल सेट समेत बरामद

    काठमाडौं, १९ कात्तिक
    १६८० पटक
    काठमाडौं, १९ कात्तिक

    भक्तपुर प्रहरीले लागुऔषध काराेवारीलाई नियन्त्रणमा लिएकाे छ । पक्राउ पर्नेमा भेलुखेल बस्ने बर्ष ४८ को राजन भेले रहेका छन् ।

    भेलेलाई उनकै भक्तपुर-४ स्थित घरबाट मंगलवार साँझ पक्राउ गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । परिसरका सूचना अधिकारी रेवती रमण पोखरेलका अनुसार सोमबार भक्तपुरको तौमडीबाट लागुऔषध सहित पक्राउ परेका २० वर्षिय दुई युवकहरुले पोलेपछि मंगलवार भेले पक्राउ परेका हुन् ।

    ”अनुसन्धानको क्रममा लागु औषध बेचबिखनमा संलग्न भनि खुल्न आएकाले भक्तपुर-४ भेलुखेल बस्ने बर्ष ४८ को राजन भेलेलाई पक्राउ गरिएको हो ।” डीएसपी पोखरेलले भने ।

    भेलेलाई नियन्त्रणमा लिई खानतलासी गर्दा फेनेरागन ३८ थान एम्पुल २, नुर्फिन, ३६ थान एम्पुल ३, डाईजेल्याब ३९ थान एम्पुल ४, नाईट्राभेट १ पत्ता (१५ट्याब्लेट) र सिरिन्जहरु बरामद गरिएको छ । उनको साथबाट बिभिन्न ब्रान्डका ५० बढी मोवाईल सेटहरु र नगद नौ हजार रुपैया समेत बरामद भएको बताइएको छ ।

    भेलेको घरमा लागु औषध खरिद गर्न आएका भक्तपुर-६ भोलाछे बस्ने बर्ष १८ को आयुष कस्तीलाई समेत मंगलवार साँझ पक्राउ गरी परिसरमा पुर्याइएको र थप अनुसन्धान कार्य भईरहेको प्रहरीको भनाइ छ ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...