News Portal

  • भारतले नयाँ नक्सामा नेपाली भूमि राखेपछि नेमकिपाद्वारा बिरोध प्रदर्शन

    भक्तपुर, २० कात्तिक
    ३१४३ पटक
    भक्तपुर, २० कात्तिक

    भारतले आफ्नो नयाँ नक्सामा नेपाली भूभाग अतिक्रमण गरेपछि नेपाल मजदुर किसान पार्टीले उक्त कदमको बिरोध गरेको छ । बुधवार भारतीय कदमको बिरोधमा नेमकिपाले भक्तपुरमा विरोध जुलुस निकालेको हो ।

    भारत सरकारले शनिवार सार्वजनिक गरेकाे नयाँ नक्सामा नेपालको भूमि लिम्पियाधुरा (कालापानी र लिपुलेकसमेत) राखेपछि मंगलवार नेमकिपाले प्रेस बिज्ञप्ति मार्फत सरकारलाई ध्यानाकर्षण समेत गराएको थियो ।

    ”भारत सरकारले नेपालको भूमि लिम्पियाधुरा (कालापानी र लिपुलेकसमेत) आफ्नो क्षेत्रमा राखेर तयार पारेको नयाँ नक्साबारे नेपाल सरकारको आधिकारिक धारणा अविलम्ब सार्वजनिक गर्न र यसको कडा विरोध गर्न नेमकिपा जोडदार माग गर्दछ ।’ बिज्ञप्तीमा भनिएको छ ।

    बुधवार कमलविनायक चोकबाट शुरु भएको विरोध जुलुस भक्तपुरको सुर्यबिनायकमा आएर विराेध सभामा परिणत भएको थियो । उक्त सभालाई सम्बोधन गर्दै नेपाल मजदुर किसान पार्टीका केन्द्रीय नेता एवं प्रतिनिधि सभा सदस्य प्रेम सुवालले आफ्नो  भूमि अतिक्रमण हुँदा पनि नेपाल सरकार मौन बसेपछि सरकारलाई सचेत गर्न जनता जाग्नुको बिकल्प नभएको बताएका थिए । विराेध कार्यक्रममा प्रदेश सांसद सुरेन्द्र राज गोसाई , सृजना सैंजु लगायत नेमकिपाका नेताकार्यकर्ता एवं जनसमुदायको सहभागिता रहेको थियो ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...