News Portal

  • भक्तपुरमा ४ सय बढी युवा भित्राउदै महेश र दीपशिखाले भने : अब सबै युवा नेकपा हुने दिन आयो

    भक्तपुर, ७ मङ्सिर
    १९४२ पटक
    भक्तपुर, ७ मङ्सिर

    मङ्सिर १४ गतेलाई तय गरिएको उपनिर्वाचनको मिति नजिकिदै गर्दा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले भक्तपुरमा प्रदेश सभा सदस्यका लागि हुने निर्वाचन क्षेत्र नम्बर १(१) बाट ४ सय बढी युवालाई पार्टी प्रवेश गराएको छ । नेपाली काँग्रेस देखि नेपाल मजदुर किसार पार्टी, विप्लव नेतृत्वको नेकपा, राप्रपा र केही स्वतन्त्र समेत गरी ४ सय बढी युवाहरु सत्तारुढ नेकपामा प्रवेश गरेका हुन ।

    नेकपाको युवा संगठन राष्ट्रिय युवा संघ नेपालका इन्चार्ज समेत रहेका भक्तपुरका सांसद एवं पार्टी केन्द्रीय सदस्य महेश बस्नेत त्यसैगरी उक्त युवा संघका सह इन्चार्ज र संयोजक समेत रहेका अर्का पार्टी केन्द्रीय सदस्य रामप्रसाद सापकोटा ‘दीपशिखा’ को विशेष पहलमा चुनावको मुखमा ठूलो संख्यामा युवाहरु नेकपा प्रवेश गरेका बताइएको छ । शनिवार भक्तपुरको कमलविनायकस्थित एक सभा हलमा आयोजित युवाहरुको उक्त वृहत पार्टी प्रवेश कार्यक्रममा बस्नेत र सापकोटाका साथै पार्टी जिल्ला सहइन्चार्ज एवं चाँगुनारायण नगरपालिकाका मेयर सोम मिश्र, पार्टी जिल्ला अध्यक्ष बचन देउजा र नेकपाका जिल्ला सचिव समेत रहेका प्रदेश सभा सदस्य पदका उम्मेदवार डीपी ढकालले नवप्रवेशी युवाहरुलाई अविर र खादा लगाइदिएर पार्टी प्रवेश गराएका थिए ।

    भक्तपुरमा निर्वाचन हुने क्षेत्रका बासिन्दा इ. नवीन राउतको नेतृत्वमा उक्त क्षेत्रका ३० जना इन्जिनियरहरु समेत शनिवार नेकपा प्रवेश गरेका युवा संघ नेपालका केन्द्रीय सदस्य समेत रहेका नेकपा भक्तपुर जिल्ला कमिटी सदस्य दिनेश थपलियाले जानकारी दिए । थपलियाका अनुसार प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, नेपाल मजदुर किसान पार्टी (नेमकिपा), राप्रपा तथा नेत्रविक्रम चन्द ‘विप्लव’नेतृत्वको नेकपा परित्याग गरी प्रकाश लामिछाने, गणेश परियार, रामेश्वर गौतम, राकेश श्रेष्ठ, नविन गाइजू, सूरज बुढाथोकी लगायतका युवा नेताहरुको नेतृत्वमा ४ सय बढी युवाहरु नेकपामा प्रवेश गरे ।  निर्वाचन हुने चाँगुनारायण नगर क्षेत्र र भक्तपुर १० बाहेक बाट पनि युवाहरु पार्टी प्रवेश गरेका थिए । सबै गरी ७ सय बढी युवा एकसाथ नेकपा प्रवेश गरेका थपलियाले जनाए । पार्टी प्रवेश गरेका युवाहरुले देश विकाशमा नेकपाको बिकल्प नभएको बताउदै सुखी नेपाली र समृद्ध नेपालको अभियानमा लामबद्ध हुन नेकपामा प्रवेश गरेको प्रतिक्रिया दिएका थिए ।

    पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वमन्त्री समेत रहेका सांसद महेश बस्नेतले युवा शक्तिको सदुपयोग नेकपाले मात्र गर्न सक्ने भन्दै अन्य दलबाट आएका युवाहरुको उर्जालाई क्रान्तिकारीता बदल्ने बताए । पार्टीले प्रशिक्षण र जिम्मेवारीबाट उनीहरुलाई परख्दै संगठन र उत्पादनको क्षेत्रमा लगाउने सांसद बस्नेतले बताएका थिए । चुनावको मुखमा पार्टी प्रवेश गरेका युवाहरुको उत्साह हेर्दा भक्तपुरको उपनिर्वाचन जितिने मात्र नभई अध्याधिक मतले जितिने समेत उनले उद्घोष गरे ।

    कार्यक्रममा राष्ट्रिय युवा संघ नेपालका सहइन्चार्ज एवं संयोजक समेत रहेका पार्टी केन्द्रीय सदस्य रामप्रसाद सापकोटा दीपशिखाले नेकपा प्रति भक्तपुरमा देखिएको युवा आकर्षणले अन्य दलको होस् उड्ने बताए । उनले युवाको पहिलो रोजाइ नेकपा भएको भन्दै अबको केहि वर्ष भित्र नै देशका सबैजसो युवा नेकपाका कार्यकर्ता भैसक्ने समेत दावी गरेका थिए ।  केहि वर्ष पछिका निर्वाचनमा पार्टी प्रवेश गर्न बाँकी युवा नै नरहने जिकिर गर्दै नेता दीपशिखाले त्यतिबेला नेकपाबाट लौरो उठाए पनि जित्ने अवस्था आउने उद्घोष गरे ।

    उक्त अवसरमा नेताहरुले युवा संघका नेताकार्यकर्ता भोलीका शिर्ष नेता भएको भन्दै हौसला प्रदान गरेका थिए ।  क्षमतावान युवाहरुको राजनीतिक विकाशको दिन समेत शुरु भएको भन्दै उनीहरुले युवाहरुलाई इमान्दार भएर पार्टी नीति र पद्धतीबाट परिचालित हुन निर्देशन समेत दिएका थिए ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...