News Portal

  • चुनावीसभा स्थलमा शक्तिशाली बम विस्फोट

    भक्तपुर, ११ मङ्सिर
    ११५८ पटक
    भक्तपुर, ११ मङ्सिर

    पोखरामा नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्ने चुनावीसभा स्थलमा बम विस्फोट भएको छ ।

    उक्त सभामा प्रचण्ड र नेकपा उपाध्यक्ष बामदेव गौतम सम्बोधनका लागि उपस्थित छन् । विस्फोटबाट मानवीय क्षति केही नभएको र त्यसबारे छानबिन भइरहेको प्रहरीले जनाएको छ ।

    दिउँसो पौने एक बजे चुनावसभास्थलको पश्चिम कुनामा विस्फोट भएपछि केहीबेर होहल्ला र त्रास उत्पन्‍न भएको थियो । पछि सुरक्षाकर्मीहरुले खासै ठूलो विस्फोट नभएको र क्षति केही नभएको सूचना दिएपछि सभा स‌ंचालन भइरहेको छ ।

    अहिले नेकपाका नेता सुवास नेम्वाङले सम्बोधन गरिरहेका छन् । विस्फोटमा ठूलो आवाज आएपनि प्रहरीले कस्तो खालको वम विस्फोट गराइएको बारे केही जानकारी दिएको छैन। विस्फोट भएको स्थललाई सुरक्षाघेरामा राखेर अनुसन्धान भइरहेको छ।

    प्रतिकृया दिनुहोस्

    झ्याल हाल्ने क्रममा लडेर मध्यपुरमा एक मजदुरको निधन

    भक्तपुरको मध्यपुर थिमिमा निर्माणाधीन घरमा झ्याल हाल्ने क्रममा लडेर एक मजदुरको ज्यान गएको छ ।...

    सञ्चार जगत सत्ताको प्रतिपक्षी नै हुनुपर्छ भन्ने मान्यता सही होइन : मन्त्री शर्मा

    सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारको बिरोध गर्ने नाउँमा व्यवस्थाकै बिरोध भैरहेको बताएकी...

    भक्तपुरमा मजदुर दिवसकै दिन गयो दुई मजदुरको ज्यान

    भक्तपुरमा विश्व मजदुर दिवसकै दिन दुई मजदुरको ज्यान गएको छ । इनार खन्ने क्रममा दुई...

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...