News Portal

  • हात्तीले लियो एक मात्र तालिमप्राप्त रक्षकको ज्यान

    भक्तपुर, १३ मङ्सिर
    १०५० पटक
    भक्तपुर, १३ मङ्सिर

    जंगली हात्तीको आक्रमणमा परेर झापामा एक जनाकाे ज्यान गएकाे छ । ज्यान जाने झापाको कचनकवलमा वन रक्षककाे काम गर्ने व्यक्ति थिए । स्थानीय वडा नम्बर ७ बालुवाडीस्थित पाथिभरा सामुदायिक वनको रेखदेख गर्ने ५५ वर्षीय काया राया क्षेत्रीको मृत्यु पछि त्यस क्षेत्रमा त्रास फैलिएकाे छ ।

    मानव वस्ती र वन क्षेत्रको सिमानामा लगाएको सौर्य विद्युतीय बारको ढोका लगाउन जाँदै गरेका क्षेत्रीलाई जंगलबाट बस्ती पसेको हात्तीले लछारपछार पार्दै आक्रमण गरेको थियो। विद्युतीय बारको ढोका लगाउन ढिलो भएकाले हात्ती मानव बस्तीमा छिरेको बताइएकाे छ । यसअघि ६ बजे नै सौर्य विद्युतीय बारका ढोका बन्द भइसकेका हुन्थे भने बिहीबार साँझ भने साढे सात बजे मात्र ढोका लगाउन उनी गएका थिए । अबेर गएर विद्युतीय ढाेका लगाउन जाँदा उनलाई हात्तीले आक्रमण गरेर घटनास्थलमै ज्यान लिएको बताइएकाे छ।

    प्रत्येक दिन बिहान विद्युतीय बारका ढोका खोल्ने र बेलुका बन्द गर्नकै लागि स्थानीय पाथीभरा सामुदायिक वनले क्षेत्रीलाई नियुक्ति गरेको थियो।

    उनको काम वन क्षेत्र र मानव बस्तीबीचको विद्युतीय बारको ढोका बन्द गर्ने र लगाउने मात्र हो। स्थानीयका अनुसार अन्य दिनको भन्दा बिहीबार उक्त बारको ढोका ढिलो बन्द भएकोले हात्ती साँझै बस्तीमा पसेको थियो। बारको ढोका लगाउन जाँदा क्षेत्रीको हात्तीसँग मुठभेड भएको स्थानीयले बताएका छन्।

    मानिस मारेपछि सो हात्तीले गाउँमा आतंक मच्चाएको स्थानीयले बताए। हात्तीलाई जंगलतर्फ धपाउन विद्युतीय बारका ढोका बन्द गरिएका छन्। ढोका खोल्ने र बन्द गर्ने क्षेत्री सो सामुदायिक वनका एक मात्र तालिम प्राप्त कर्मचारी थिए।

    प्रतिकृया दिनुहोस्

    भक्तपुरमा मजदुर दिवसकै दिन गयो दुई मजदुरको ज्यान

    भक्तपुरमा विश्व मजदुर दिवसकै दिन दुई मजदुरको ज्यान गएको छ । इनार खन्ने क्रममा दुई...

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...

    भक्तपुर शाखाका बराललाई पत्रकार महासंघ उपत्यकाको रजत अभिनन्दन

    नेपाल पत्रकार महासंघको उपत्यका प्रदेश समितिले प्रदेश परिषद सदस्यहरु मध्येबाट २५ वर्षभन्दा बढी समयदेखि पत्रकारिता...

    चाँगुनारायणमा एनजिओलाई विवरण बुझाउन बैशाख मसान्तसम्म म्याद

    chagu mayor

    चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तथा योजना र बजेट तर्जूमाबारे...