News Portal

  • उपनिर्वाचनका लागि शुक्रवार मध्यरातदेखि नै सवारीसाधन प्रवेश निषेध : हेर्नुस निषेधित क्षेत्र

    निशा कुस्मा / भक्तपुर पोस्ट भक्तपुर, १३ मङ्सिर
    १८६२ पटक
    भक्तपुर, १३ मङ्सिर

    जिल्ला प्रशासन कार्यालय भक्तपुरले शनिवार हुने उपनिर्वाचनका लागि भक्तपुरमा सवारी साधन प्रवेशमा रोक लगाएको छ । शान्ति सुरक्षालाई मध्यनजर गर्दै उपनिर्वाचन हुने भक्तपुरको निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत प्रदेश क्षेत्र नम्बर १ मा सवारी साधन प्रवेशमा रोक लगाइएको हो ।

    शुक्रवार एक सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालय भक्तपुरले शनिवार हुने भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ (१) को उपनिर्वाचनमा शान्ति सुरक्षाको लागि सवारी आवागमनमा रोक लगाइएको जनाएको हो ।

    शुक्रवार राती १२ बजेदेखि शनिवार बेलुकी ९ बजेसम्म सवारी आवागमनमा रोक लगाइएको जिप्रकाको भनाइ छ । तर एम्बुलेन्स, शव बाहन, दमकल र निर्वाचन आयोगका सम्बन्धित अधिकृतबाट स्वीकृत सवारी पास प्राप्‍त गरेका सवारी साधनलाई भने प्रवेशको व्यवस्था मिलाइएको बताइएको छ ।

    जिल्ला प्रशासन कार्यालय, भक्तपुरले जनाए अनुसार सवारी आवागमनमा रोक लगाईएका स्थान र नाकाहरु निम्नबमोजिम रहेका छन् :

    १ . अरनिको राजमार्गको साँगा देखी राधेराधे सम्मको सडक खण्डबाट उत्तर तर्फ जाने
    सम्पुर्ण सवारी साधनहरु प्रवेशमा रोक लगाइएको छ ।
    २ . राधेराधे चोकबाट निकोशेरा चोक सम्मका सडक खण्डबाट पुर्व तर्फ जाने सम्पुर्ण
    सवारी साधनहरु प्रवेशमा रोक लगाइएको छ ।
    ३ . पेप्सीकोला मनोहरा देखी निकोशेरा सडक खण्डबाट उत्तर तर्फ जाने सम्पुर्ण सवारी
    साधनहरु प्रवेशमा रोक लगाइएको छ ।
    ४ . काठमाण्डौबाट भक्तपुर आउने पेप्सीकोला मनोहरा र जडिबुटी मनोहरा नाका
    बाहेकका सम्पुर्ण नाकाहरुबाट सवारी साधनहरु प्रवेशमा रोक लगाइएको छ ।
    ५ . काभ्रेबाट भक्तपुर आउने साँगा नाका बाहेकका सम्पुर्ण नाकाहरुबाट सवारी साधनहरु
    प्रवेशमा रोक लगाइएको छ ।

    करिव ४५ हजार मतदाता रहेको भक्तपुर १(१)निर्वाचन क्षेत्र अन्तर्गत चाँगुनारायण नगरपालिकाका सबै वडा र भक्तपुर नगरपालिकाको वडा नम्बर १० पर्दछ । शनिवार हुने उपनिर्वाचनमा यहाँ २२ मतदान स्थल र ५४ मतदान केन्द्र रहेका छन् । प्रदेश सभा सदस्य पदका लागि हुने उक्त उपनिर्वाचनमा ९ दल र १० स्वतन्त्र गरी १९ उम्मेदवार रहेका छन् ।

    उपनिर्वाचनका लागि नेपाल प्रहरी, ससस्त्र प्रहरी र सेना सहित ब्यापक मात्रामा गुप्तचर पनि तैनाथ गरिएकोले निर्धक्क भै मतदानलाई उत्सवको रुपमा लिएर सहभागी बन्न भक्तपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले आह्वान समेत गरेका छन् । शान्ति सुरक्षाको विषयमा जानकारीको लागि प्रहरी संचार कक्ष भक्तपुरको सम्पर्क नं. ९८५१२९०९७६ प्रहरी परिचालन कक्षको सम्पर्क नं. ९८५१२८३०२० त्यसैगरी आकस्मिक नं. १००, ट्राफिक प्रहरी नं. १०३ लगायतमा वा सिधै सम्पर्क गर्न सकिने महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारीसमेत रहेका डीएसपी रेवतीरमण पोखरेलले जानकारी गराएका छन् ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...