News Portal

  • शक्तिशाली आँधी कामुरीको त्रास: नागरिकहरु तितरबितर

    भक्तपुर, १६ मङ्सिर
    १०८५ पटक
    भक्तपुर, १६ मङ्सिर

    फिलिपिन्समा आएको शक्तिशाली आँधीले गर्दा ठूलो संख्यामा स्थानीय नागरिकहरु आफ्नो ज्यान बचाउन तितरबितर भएका छन्। शक्तिशाली आँधीको नाम हो कामुरी ।

    यस आँधीबाट विस्थापित भएका हजारौँको संख्यामा उद्धार संस्थाहरुले जनाएका छन् । त्यस क्षेत्रका अधिकारीले उद्धार गरिएकालाई अन्यत्रै सरेको जानकारी दिएका छन् ।

    शक्तिशाली आँधीबाट व्यक्तिगत जीवनमा मात्रै नभएर फिलिपिन्सको राजधानी मनिलामा हुन लागेको दक्षिण पूर्वी एसियाली खेलकूदको आयोजनामा समेत असर परेको जनाएको छ ।

    राजधानी नजिकै पुगेको उक्त शक्तिशाली आँधीबाट पर्न सक्ने क्षतिको अनुमान गर्दै सुरक्षा अधिकारीहरुले पूर्व तयारीको सुरुवात थालेका छन् । मौसम विज्ञान क्षेत्रका अधिकारीहरुले गरेको अनुमान अनुसार उक्त आँधी प्रति घन्टा कम्तीमा पनि १८५ किलोमिटरका दरले गर्दछ । यसका कारण सोमबार अबेरतिर मनिलाको वरिपरी पहिरो पनि जान सक्ने र मंगलबार बिहनातिर आँधीको असर देखिन सक्ने उनीहरुको अनुमान छ ।

    आँधीका साथै भारी वर्षा पनि हुने अनुमान गरिएको उनीहरुले बताए । वर्षाटसंगै हुनसक्ने क्षतिका लागि पनि सरकारी अधिकारीहरुले तयारी गरिसकेको बताइएको छ । मनिलामा यो शक्तिशाली आँधी प्रवेश गरेको खण्डमा यहाँका एक करोड ३० लाख जनसंख्या नराम्ररी प्रभावित हुने उनीहरुको भनाई छ ।

    फिलिपिन्समा हरेक वर्ष शक्तिशाली आँधी आउने गर्दछ । यहाँ वर्षेनी साना ठूला गरी २० ओटा जति आँधी आउने गरेको छ । त्यसैले यहाँका सुरक्षा अधिकारीहरुले पनि व्यापक तयारी गर्ने गरेका छन् । सन् २०१३ मा आएको हायान नामक आँधीका कारण कम्तीमा पनि ७ हजार ३०० नागरिकहरु वेपत्ता भएका छन् । वेपत्ता हुनेमा मृत्यु भएका वा हराएका थिए । यसले फिलिपिन्सको इतिहासमा नै निकै ठूलो भौतिक क्षति पुगेको थियो । समाचारदैनिक

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...