एके- ४७ लाई संसारकै सबैभन्दा पहिलो राम्रो अग्र पंतिमा लड्न प्रयोग गरिने राइफल मानिन्छ । बिद्रोही सेनाको हतियारको रुपमा चिनिने यो राइफलले सन् १९६० को दशकमा चलेको भियतनाम युद्धमा निकै तहल्का मच्चाएको थियो । नेपालमा पनि तत्कालिन माओबादीहरुले धेरै रुचाएको हतियार हो यो एके ४७ ।
तत्कालिन नेकपा (माओबादी) को जनमुक्ति सेनाले आफ्नो लोगोमै एके- ४७ लाई स्थान दिएकोबाट पनि उनीहरुमा यसको क्रेज कत्ति थियो भन्ने अनुमान गर्न सकिन्छ ।
यो राइफलको बिकाश मिखाइल कलाशनिकोवले गरेका थिए । जसकारण एके ४७ लाई मानिसहरु कलाशनिकोव राइफल भनेर पनि बुझ्दछन । तर, यसका पिता कलाशनिकोव अब रहेनन् । ९४ वर्षका मिखाइलको रुसको उदमुर्तिकास्थित इजेभास्कमा निधन भएको अन्तर्राष्ट्रिय सञ्चारसंस्थाहरुले बताएका छन्।
एके ४७ बारे
द्वितीय विश्वयुद्धको समय जर्मन सेनाले देख्यो कि धेरै जसो मुढभेड ३०० मीटर को दायरा भित्र नै हुनेगर्छ । तर उनीहरु संग त्यतिमा मार हान्ने राइफल थिएन । त्यसैले त्यो रेंजलाई टार्गेट गरेर उनीहरुले राइफलको माग गरे । सोवियत सेना पनि जर्मन सेनाको सिद्धान्तमा विस्वास गर्यो र द्वितीय विश्व युद्ध लगत्तै पछि यसको खोजमा लाग्यो ।
मिखाइल क्लाशिनिकोवले सेनाको मागलाई मध्यनजर गर्दै १९४५ मा एक राइफल बनाए । जो असाल्ट राइफल डिजाइन प्रतियोगितामा श्रेष्ठ ठहरियो । १९४६ मा त्यसमा थप मोडिफाई गरियो र सन् १९४७ मा त्यसलाई अझ बिकसित रुप दिइयो । १९४९ मा सोवियत सेनाले कलाश्निकोव राइफललाई स्वीकार गर्यो । तत्कालिन सोभियत संघले सन् १९५० देखि यो बन्दुकको व्यवसायिक उत्पादन थालेको थियो।
यो राइफ़ल चलाउन सजिलो र छोटो आकारको छ । अन्य राइफल भन्दा सस्तो भए पनि भरोसा यसले कहिल्यै तोड्दैन भन्ने मिथक नै बनेको छ । जस्तोसुकै चिसोमा पनि यसले काम गर्छ । खिया कम लाग्छ र ज्यादा फोहोर पसे पनि यसले ढोका दिदैं । यसको आयु २० देखि ४० साल मानिन्छ ।यो राइफलमा ७.६२ *३९ मिलीमीटर अटाउछ जो ७१० मीटर प्रति सेकेन्डको गतिले बाहिरिन्छ र अधिकतम ४०० मीटर पर गएर मार हान्न सक्छ ।