News Portal

  • सूर्य कम्प्लेक्समा भीषण आगलागी

    भक्तपुर, २२ मङ्सिर
    १६३३ पटक
    भक्तपुर, २२ मङ्सिर

    गएरति इटहरीको बिग बार होटलमा आगलागी भएको छ। उक्त होटेल सूर्य कम्प्लेक्सको चौथो तलामा रहेको छ ।

    हिजो रति लागेको आगो आज बिहानमात्रै नियन्त्रणमा लिइएको थियो ।होटल पूर्ण रुपमा क्षति भएको छ।

    आगोको मुस्लो निस्केको देखिएपछि स्थानीय, नेपाल प्रहरी, नेपाली सेना र दमकल आगो निभाउन जुटेका थिए।

    विराटनगर, दमक, सप्तरी, धरान, दुहवी, महेन्द्रनगर, सुन्दरहरैचा र इटहरीको गरी ९ वटा दमकल प्रयोग गरी आगो नियन्त्रणमा लिइएको थियो।

    चौथो तलामाथि रहेको होटलमा लागेको आगो निभाउन दमकल र सुरक्षाकर्मीलाई मुस्किल भएको थियो। विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीको अनुमान छ। आगोले भवनमा रहेका अन्य कार्यालयमा पनि क्षति पुर्‍याएको अनुमान गरिएको छ। विस्तृत विवरण आउन बाँकी छ। अन्नपुर्णपोस्ट

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...