News Portal

  • वागीश्वरी कलेजको नयाँ भवनको शिलान्यास: ठाउँठाउँमा पुस्तकालय र सङ्ग्रहालयको आवश्यकता

    भक्तपुर, २२ मङ्सिर
    १२८२ पटक
    भक्तपुर, २२ मङ्सिर

    वागीश्वरी कलेजको नयाँ भवनको शिलान्यास कार्यक्रम मंसिर २१ गते शनिबार सम्पन्न गरेको छ ।

    शिलान्यास कार्यक्रमका प्रमुख अतिथि नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले नागरिकहरुलाई सामुदायिक, सामुहिक र सामाजिक चेतनाबारे सुसुचित गर्नुपर्नेमा जोड दिए । विश्वविद्यालयको मानक भवन मात्र नभएको स्पष्ट पार्दै उहाँले गुणस्तरीय शैक्षिक संस्था हुन विज्ञ शिक्षकहरुको सङ्ख्या बढाउनु पर्ने बताएका छन् ।

    वागीश्वरी कलेजको सुविधासम्पन्न नयाँ भवन निर्माणको शिलान्यास गर्दै अध्यक्ष बिजुक्छेले बस्ती बस्तीमा पुरस्तकालय र सङ्ग्रहालय निर्माण गर्नुपर्ने आवश्यकता रहेको जानकार गराए ।

    शिलान्यास कार्यक्रममा उनले आजका युवापुस्तालाई चेतनाको भावना जगाउन र संस्कृतिबारे जानकारी दिन सङ्ग्रहालय निर्माण गर्नु आवश्यक रहेको जानकारी दिए ।

    नव निर्मित आवास क्षेत्रहरुमा पुस्तकालय र सङ्ग्रहालय निर्माण अनिवार्य गरिनुपर्ने तथा ठूल–ठूला गाडी
    गुड्नमा रोक लगाई छुट्टै ग्यारेज बनाइनु पर्ने विचार प्रष्ट व्यक्त गरेका छन् ।

    शिलान्यास कार्यक्रमका विशेष अतिथि भक्तपुर नगरपालिकाका प्रमुख एवं वागीश्वरी कलेज व्यवस्थापन समितिका अध्यक्ष सुनिल प्रजापतिले व्यक्तिगत स्वार्थ विनाको कामले प्रगति हुने बताउंदै सामाजिक भावनाको एकताको परिणाम नै वागीश्वरी आजको अवस्थामा आएको हो भन्नुभयो ।

    भक्तपुरलाई शैक्षिक गन्तव्यको रुपमा विकास गर्ने नेमकिपाको लक्ष्यअनुसार नगरपालिकाले काम गर्दै आएको जानकारी दिंदै उहाँले नगरपालिकाले स्वास्थ्य क्षेत्रमा पनि उल्लेखनीय प्रगति गरिरहेको जानकारी दिए ।

    वागीश्वरी माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रवीन्द्र ज्याख्वले नेपालका कुनै पनि कलेजले उत्पादित जनशक्ति गुणस्तरयुक्त छन् भन्ने प्रमाणित गराउन विश्वविद्यालय अनुदान आयोगबाट प्रमाणित गराउनुपर्ने आवश्यकताअनुसार यस कलेजले पनि गुणस्तर सुनिश्चितता प्रत्यायन समितिको कार्यक्रममा अगाडि बढ्नु प्रशंसनीय भएको बताउंदै कलेजको प्रगतिमा योगदान गर्नुहुने सम्पूर्ण व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक, कर्मचारीहरुमा शुभकामना व्यक्त गरे ।

    उहाँले प्रदेश नं. ३ को सरकारले हाल वागीश्वरी माविलाई नमूना विद्यालयको रुपमा छनोट गरेको जानकारी दिनुभयो ।

    प्राध्यापक डा. सिद्धिवीर कर्माचार्यले शिक्षकहरुले अध्ययनलाई थप व्यापक बनाउंदै कलेजको गुणस्तर वृद्धिको लागि थप योगदान गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।

    कलेजको भवन निर्माण समितिका अध्यक्ष तथा व्यवस्थापन समितिका सदस्य चन्द्रबहादुर उलकको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा कलेजका प्राचार्य धनकुमार श्रेष्ठ, विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद धन्छा, शिक्षक राजन चौगुठीलगायतले बोलेका थिए ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...