News Portal

  • विद्यार्थीमाथि प्रहरीले गोली चलायो, केहि घाइते

    भक्तपुर, २२ मङ्सिर
    १११७ पटक
    भक्तपुर, २२ मङ्सिर

    बाँकेको कोहलपुरमा एक विद्यार्थी ट्रकको ठक्करबाट घाइते भएको विषयलाई लिएर प्रदर्शनमा उत्रिएका विद्यार्थीहरुमाथि प्रहरीले गोली चलाएको छ ।

    त्रिभुवन उच्च माध्यामिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत कोहलपुर–१० की प्रकृति चन्द ट्रकको ठक्करबाट घाइते भएपछि विद्यार्थी विरोधमा उत्रिएका थिए ।

    साथीलाई ट्रकले किचेपछि आन्दोलनमा उत्रिएका विद्याथीहरुमाथी प्रहरीले गोली चलाएको हो । प्रहरीले चलाएको गोली लागी त्रिभुवन मावि कक्षामा ९ मा पढ्ने शुसिल थापा गम्भीर घाईते भएका छन । घाईते थापाको नेपालगन्ज शिक्षण अस्पताल कोहलपुरमा उपचार भईरहेको छ ।
    आईतबार विद्यालय जाँदै गरेकी प्रकृतिलाई ट्रकले किचेको थियो ।

    कोहलपुर वडा नं. १० मा रहेको त्रिभुवन माविमा अध्ययनरत छात्रा चन्दलाई कोहलपुरबाट नेपालगन्ज जाँदै गरेको ना २ ख ९४५९ नम्बरको ट्रकले किचेको थियो । उनीहरुले ट्रकमा आगजनी समेत गरेका छन् । घटनापछि आक्रोशित भिडले बालिकालाई ठक्कर दिने ट्रकमा आजगनी गर्नुका साथै आधा दर्जन अन्य गाडीमा समेत तोडफोड गरेको बताइएको छ । दैनिकखबर

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...