News Portal

  • भोलि यःमरी पुन्ही मनाउँदै

    इभक्तपुर संवाददाताभक्तपुर, २५ मङ्सिर
    १४३४ पटक
    भक्तपुर, २५ मङ्सिर

    उपत्यकाका नेवाःले मङ्सिर २६ अर्थात भोलि यःमरी पुन्ही मनाउँदै छ । नेवाः परम्परा अनुसार हरेक वर्ष यःमरी पुन्ही धान्य पुर्णिमाको अवसर पारेर मनाईने गर्दछ ।

    नेपालभाषामा ‘य’ भनेको मनपर्ने र ‘मरी’ भनेको रोटी हो । यःमरीको अर्थ मनपर्ने रोटी हो । मङ्सिरमा किसानले धान भित्र्याएपछि सोही धानको पिठोबाट बनेको विषेश प्रकारको रोटी हो–यःमरी ।

    नयाँ अन्नबाट बनेको रोटीलाई देवी देवता तथा पितृलाई चढाएर प्रसादको रुपमा ग्रहण गर्ने चलन रहेको छ । सोही चलनलाई यःमरी पुन्ही भनिन्छ । यःमरी बनाउन चामलको पिठो, चाकु र तिलको मिश्रण प्रयोग गरिन्छ ।

    यःमरीको एकतिर चुच्चो परेको हुन्छ । यःमरीको चुच्चो जति लामो भयो दिन त्यति नै लम्बिदै जाने जनविश्वास रहेको छ ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...