भक्तपुर नगरपालिका वडा नम्बर ५ टौमढीमा रहेको पाँचतल्ले मन्दिर विश्व सम्पदा सुचीमा उल्लेख भएको मन्दिर हो । पाँचतल्ले मन्दिरको पुननिर्माण भक्तपुर नगरपालिकाको अगुवाइमा सुरु भएको हो ।
सो मन्दिरको पुननिर्माणको लागि न्यातापोल मन्दिर संरक्षण कार्य योजना उपभोक्ता समितिले सम्पदाप्रेमी महानुभावहरुमा सहयोग गर्न आह्वान गरेको छ ।
सहयोग गर्न ईच्छुक महानुभावहरुले आर्थिक, भौतिक तथा श्रमदान गरि सहयोग गर्न सक्नु हुनेछ । मन्दिरको संरक्षण कार्यमा गुठि, दाफा, भजन, विद्यालय/कलेज तथा विभिन्न संघ संस्थाले पनि सहयोग गर्न सक्ने छन् ।