News Portal

  • भूमि व्यवस्थामन्त्रीको दाबी : लिम्पियाधुरा समेटिएको नक्सा निकाल्छौँ

    भक्तपुर, २७ मङ्सिर
    ८२२ पटक
    भक्तपुर, २७ मङ्सिर

    भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले भारतको अतिक्रमणमा परेको लिम्पियाधुरा समेटिएको नक्सा सार्वजनिक गरिने बताएकी छन्।

    संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा शुक्रबार बोल्दै उनले प्रमाण जुटाएर लिम्पियाधुरासहितको नक्सा निकाल्ने बताएकी हुन्। सांसदहरुका कडा प्रश्न सामना गरेपछि उनले भारतले सीमा मिचेकोबारेमा भइरहेको पहल सकारात्मक दिशामा गइरहेको जानकारी दिइन्।

    ‘हामी सकरात्मक दिशातर्फ काम गरिरहेका छौँ। अहिले मात्रै होइन, सन् १८१६ को सुगौली सन्धिअघिको समस्या हो। तर हाम्रो कालमा उठेको छ’, उनले भनिन्, ‘उचित समयमा यो विषय उठेको छ।’ मन्त्री अर्यालले सरकारको तर्फबाट लिखित रुपमा मिचिएको भूमि नेपालको हो भनेर पहिलो पटक पेश गरेको दाबी गरिन्।

    ‘सरकारले सर्वदलीय बैठक राखेर सुझाव लिएको छ। ‘प्रोटोकल नोट’ भारतमा पठाउने काम भएको छ’, उनले थपिन्, ‘दुई देशको सीमा निरीक्षण गर्न परराष्ट्र मन्त्रालय र अन्य मन्त्रालयबाट प्रतिनिधि खटाएर कुरा भइरहेको छ।’ सरकारको तर्फबाट काम भइरहेको बताउँदै उनले वार्ता प्रारम्भिक चरणमा रहेको उल्लेख गरिन्।

    ‘सचिवस्तरमा प्रारम्भिक कुरा भएको हो। भएन भने मन्त्रीस्तरमा जान्छ नभए प्रधानमन्त्रीस्तरबाट हुन्छ’, उनले अगाडि भनिन्, ‘सरकारले चाल्ने कदम चालेको छ। नेपालको कुनै पनि नक्साले लिम्पुयाधुरा समेटेको छैन। सन् १८६५ मा कापानी पनि भारतले समेटेको हो।’ मन्त्री अर्यालले नेपालको नक्सामा कालापानी र लिपुलेक सधैँ समेटिएको दाबी उनले गरिन्।

    ‘कालापानी र लिपुलेकसहितको नक्सा निकालेकै छौँ। लिम्पियाधुरासहितको प्रकाशित गर्ने क्रममा तथ्यप्रमाण जुटाउँदैछौं’, अर्यालले भनिन्, ‘सन् १९९७ को तिरो तिरेका प्रमाण सरकारले राखेको छ। भारतले राखेको प्रमाणमा पनि यो कुरा छ।’ थाहाखाबर

    प्रतिकृया दिनुहोस्

    सञ्चार जगत सत्ताको प्रतिपक्षी नै हुनुपर्छ भन्ने मान्यता सही होइन : मन्त्री शर्मा

    सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारको बिरोध गर्ने नाउँमा व्यवस्थाकै बिरोध भैरहेको बताएकी...

    भक्तपुरमा मजदुर दिवसकै दिन गयो दुई मजदुरको ज्यान

    भक्तपुरमा विश्व मजदुर दिवसकै दिन दुई मजदुरको ज्यान गएको छ । इनार खन्ने क्रममा दुई...

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...

    भक्तपुर शाखाका बराललाई पत्रकार महासंघ उपत्यकाको रजत अभिनन्दन

    नेपाल पत्रकार महासंघको उपत्यका प्रदेश समितिले प्रदेश परिषद सदस्यहरु मध्येबाट २५ वर्षभन्दा बढी समयदेखि पत्रकारिता...