News Portal

  • लागत अनुसारको मूल्य नपाएको भन्दै ब्रोइलर कुखुराका चल्ला उत्पादनमा रोक: नेपाल ह्याचरी उद्योग संघ

    भक्तपुर, २९ मङ्सिर
    २२६७ पटक
    भक्तपुर, २९ मङ्सिर

    नेपाल ह्याचरी उद्योग संघले आजबाट ब्रोइलर कुखुराका चल्ला उत्पादन रोक लगाएको छ । लागत अनुसारको मूल्य नपाएको नेपाल ह्याचरी उद्योग संघले भन्दै रोक लगाएको हो ।

    संघका अध्यक्ष टीकाराम पोखरेलको जानकारी अनुसार आइतबारबाट १० दिनसम्म चल्ला उत्पादन बन्द गरिनेछ । उनले भने, ‘१० दिन बन्द गर्दा बजार राम्रो हुन्छ की भन्ने आशाले यसो गर्न लागिएको हो, बन्द गर्दा बजार कस्तो हुन्छ हेरौं न भनेर हो ।’

    एउटा चल्ला उत्पादनमा करिब ५५ रुपैयाँ लागत पर्ने तर हाल चल्लाको बिक्री मूल्य ३० रुपैयाँभन्दा पनि कम भएको उनले बताए ।

    लेयर्सबाहेक सबै उत्पादन १० दिनका लागि बन्द गरिएको छ । ह्याचरी उद्योगीहरुले बन्द गरेको १० दिनसम्म कुनै पनि हृयाचरीमा चल्ला ननिकाल्ने, चल्ला निकाल्न हृयाचरी मेशिनमा राखिएका अण्डासमेत नष्ट गर्ने, ५० हप्ताभन्दा बढीका माउ जातिका प्यारेन्ट बिक्री गर्ने र यस क्षेत्रमा देखा परेका समस्या समाधानमा सहयोग गर्न सरकार तथा वित्तीय संस्थासँग पहल गर्ने निर्णय गरेका छन् ।

    संघका अध्यक्ष पोखरेलले १० दिनमा निस्कने ६० लाख चल्ला नष्ट हुँदा ३३ करोड रुपैयाँ बढी नोक्सान हुने बताए ।

    नेपालमा सातामा ३० लाख हाराहारी ब्रोइलर कुखुरा चल्ला आवश्यक छ। तर पनि हाल आवश्यकता भन्दा बादी हुने गरी ४५ लाख उत्पादन गरिरहेको छ । ७२ हप्तासम्म अण्डा दिने प्यारेन्ट माउलाई ५० हप्तामा बिक्री गर्दा उत्पादनमा केही कमी आउने अपेक्षा गरेपछि सबैको सल्लाहमा बन्द गरिएको हो । यसो हुँदा एक लाख हाराहारी प्यारेन्ट घट्ने छन् ।

    नेपालमा ब्रोइलर, लेयर्स, कोइलर र कलर ब्रोइलर चल्ला उत्पादन गर्ने २८० ह्याचरी रहेका छन् । चितवनमा मात्रै १२० भन्दा बढी ह्याचरी छन् । हाल नेपालका ह्याचरीमा २१ लाख प्यारेन्ट रहेको छ ।

    चल्ला उत्पादन गर्ने ह्याचरीहरुको मात्र नभइ अण्डा र मासु उत्पादकहरुको अवस्था पनि दयनीय बन्दै गएको व्यवसायीहरु बताउँछन् ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...