News Portal

  • निजी विद्यालयका प्रअलाई बोलाएर नगर प्रमुखले भने-‘व्यापारीकरणका कारण शिक्षामा बाधा’

    भक्तपुर, २९ मङ्सिर
    १३१० पटक
    भक्तपुर, २९ मङ्सिर

    भक्तपुर नगरपालिका प्रमुख सुनिल प्रजापतिले शिक्षा क्षेत्रमा भइरहेको व्यापारीकरणका कारण गरिव जनतालाई शिक्षा आर्जन गर्न बाधा पुगिरहेको बताएका छन् । आइतबार भक्तपुर नगरपालिका भित्रका संस्थागत विद्यालयका प्रधानाध्यापकहरुको भेलालाई सम्बोधन गर्दै उनले उक्त धारणा व्यक्त गरेका हुन् ।

    नगरपालिकाद्वारा आइतवार आयोजित पहिलो भेलालाई सम्बोधन गर्दै नगर प्रमुख प्रजापतिले शिक्षाको गुणस्तरले देशको विकासमा पनि तीव्र प्रभाव पार्ने प्रष्ट पार्दै गुणस्तरीय शिक्षा नै आजको आवश्यकता भएको भनेका छन् ।

    नेपाल सरकारले शिक्षा क्षेत्रमा छुट्याएको बजेट अपुग भएको भन्दै प्रमुख प्रजापतिले सार्वजनिक विद्यालय सबल बनाउन सके निजी स्वत बन्द हुने बताए ।’सामुदायिक विद्यालयको स्तर राम्रो भए निजी विद्यालयमा स्वतः विद्यार्थीको चाप कम हुँदै जान्छ । निजी विद्यालयको चाप सार्वजनिक नसुध्रदा सम्म मात्र हो ।”उनले भने ।

    निजी विद्यालय व्यापारिक उदेश्यको नभई स्वरोजगारमुखी मात्र हुनुपर्ने र विद्यालयहरुको उदेश्य शिक्षा सेवा नै हुनुपर्ने उनको भनाइ छ । विद्यार्थीहरुलाई देशभक्त बनाउन सके मात्र विद्यालय सफल रहेको ठहर्ने स्पष्ट पार्दै प्रमुख प्रजापतिले देशभक्त नागरिक उत्पादन गर्ने अभियानमा सहभागी बन्न निजी विद्यालयका प्रधानाध्यापकहरुलाई आह्वान समेत गरे ।

    उक्त अवसरमा वडा नं. ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्वले माध्यमिक विद्यालय तहका विद्यार्थीहरुमा नैतिक शिक्षाको आवश्यकता औल्याउदै विद्यालयहरुले नैतिक पाठ पढाउनुपर्ने बताए ।

    कार्यक्रममा भक्तपुर नगर शिक्षा शाखा प्रमुख कृष्णप्रसाद कर्माचार्यले शैक्षिक वर्ष २०७६ मा नगर शिक्षा शाखाबाट सम्पन्न कार्य विवरण, भावी योजना, सूचनाहरु र विद्यालयले बुझाउनुपर्ने प्रतिवेदनहरु प्रस्तुत गरेका थिए भने भक्तपुर नपा शिक्षा शाखाका उपसचिव हरिप्रसाद निरौला, प्याब्सनका तर्फबाट रमेशचन्द्र श्रेष्ठ, एनप्याब्सनका तर्फबाट पुण्यराम कवां, इसानका तर्फबाट पुरुषोत्तम ग्वाछा लगायतले पनि भक्तपुरको शिक्षाको अवस्थाबारे आ–आफ्नो विचार व्यक्त गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    झ्याल हाल्ने क्रममा लडेर मध्यपुरमा एक मजदुरको निधन

    भक्तपुरको मध्यपुर थिमिमा निर्माणाधीन घरमा झ्याल हाल्ने क्रममा लडेर एक मजदुरको ज्यान गएको छ ।...

    सञ्चार जगत सत्ताको प्रतिपक्षी नै हुनुपर्छ भन्ने मान्यता सही होइन : मन्त्री शर्मा

    सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारको बिरोध गर्ने नाउँमा व्यवस्थाकै बिरोध भैरहेको बताएकी...

    भक्तपुरमा मजदुर दिवसकै दिन गयो दुई मजदुरको ज्यान

    भक्तपुरमा विश्व मजदुर दिवसकै दिन दुई मजदुरको ज्यान गएको छ । इनार खन्ने क्रममा दुई...

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...