News Portal

  • प्राविधिक सल्लाह नपाएपछि किसान मर्कामा

    भक्तपुर, १ पुस
    ८७९ पटक
    भक्तपुर, १ पुस

    खेतीपाती गर्न सुझाब आए सरि आवश्यक प्राविधिक सल्लाह पाए जुनसुकै अन्नबालि राम्रो बनौन सकिन्छ । प्राविधिक सल्लाह बिना खेतीपाती गर्नु मुर्खता हो । त्यस्तै मुर्खता गरिन् अमुवाकी भगवती पौडेललगायत अन्य २० भन्दा बढी किसानले । अनार खेत गरेर ।

    सो खेतीका आवश्यक प्राविधिक सल्लाह नपाएपछि दाङको शान्तिनगर–२ अमुवाका किसान मर्कामा परेका छन्। उनीहरुले २०७० सालदेखी अनार खेती शुरु गरेका थिए ।

    मैक र तोरी खेती गर्दै आएका किसानलाई अनार खेतीको लागि उपयुक्त मौसम र माटो रहेको कृषि प्राविधिकले सुझाएपछि ब्यबासायिक रुपमा अनार खेती गरेका थिए ।

    अनार रोपेको २ वर्षको अवधिमा बोट निकै लोभ लाग्दा भएका थिए। तर फुल्ने र फल लाग्ने समयमा सिंचाईको अभाव भयो। जसका कारणले अनारका दाना लाग्नै सकेनन्। अनार फागुन चैत्रमा फुल्ने रहेछ, पौडेलले भनिन्, त्यति बेला पानी चाहिने रहेछ। यहाँ हामीलाई पिउने पानीको समस्या हुन्छ, त्यस बेला अनि अनारलाई कसरी पानी पाउनु? किसानहरुलाई अहिले सरकारले कृषि गर्नको लागि विभिन्न अनुदान दिने गरेको भएता पनि आफुहरुको समस्या प्रति अहिले सम्म कसैले चासो नदिएको उनले गुनासो गरिन्।

    पौडेल मात्र नभई २०७० सालमा उक्त गाउँमा १४ सय अनारका बोटहरु सप्तरीबाट ल्याई २० जना भन्दा बढिले करिब ५ बिगाह जमिनमा खेती गरेका छन्। मकै र तोरी खेती गर्दै आएका अर्का रेशम खड्काले पनि करिब १५ कठ्ठामा एक सय बोट अनार खेती गरेका थिए। तर ६ वर्ष सम्म अनारबाट कुनै आम्दानी नभएपछि अहिले सबै अनार फालेर मकै र तोरी खेती गर्नु शुरु गरेको बताए।

    फुल–फुल्ने बेला अनारलाई पानी प्रशस्त चाहिने तर गाउँमा सिंचाईको अभावले अनार फस्टाउन नसकेपछि सबैले पुरानै खेती अंगाल्न शुरु गरेको खड्काले बताए। एउटा अनारको बोट खरिद गर्दा ५५ रुपैयाँ मुल्य परेको र त्यसलाई रोप्न खाडल बनाउन, मल तथा श्रमको मूल्य समेत गर्दा २ हजार जति खर्च भएको अर्का बासुदेब न्यौपानेले बताए।

    आफुहरुले खेती गर्दा अनारको बजार मुल्य पनि धेरै र हावा पानीले उपयुक्त ठाउँ भएकाले अनार खेती गरेको भएता पनि पानीको कारणले गर्दा आफुहरुलाई समस्या भएको उनले बताए। न्यौपानेले करिब १२ कठ्ठामा एक सय अनारको बोट लगाएको भन्दै करिब ६ बर्ष सम्म आम्दानी नभएपछि धेरै बोटहरु नष्ट गरिसकेर पुरानै खेती गरेको बताए।

    उनकाअनुसार यदि राम्रोसँग अनारको बोट फस्टाएमा करिब एक सय किलो सम्म अनार फल्ने गर्दछ। तर पानी र रोगको कारणले गर्दा थोरै फले पनि बजार कै कारणले अनार नबिक्ने उनले गुनासो गरे। ८/१० किलो अनार फले पनि त्यो बिक्दैन्, न्यौपानेले भने, बजार लगेर बेच्दा बिक्दैन्, बिचौलीयाँले प्रति किलो ७०/८० मा राख्छन्। अनि हामीले दुख गर्ने, लगानी गर्ने तर हामीलाई नाफा नहुने भएकाले पनि अनारखेती तर्फ मन मरेको उनले बताए।

    प्रतिकृया दिनुहोस्

    झ्याल हाल्ने क्रममा लडेर मध्यपुरमा एक मजदुरको निधन

    भक्तपुरको मध्यपुर थिमिमा निर्माणाधीन घरमा झ्याल हाल्ने क्रममा लडेर एक मजदुरको ज्यान गएको छ ।...

    सञ्चार जगत सत्ताको प्रतिपक्षी नै हुनुपर्छ भन्ने मान्यता सही होइन : मन्त्री शर्मा

    सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारको बिरोध गर्ने नाउँमा व्यवस्थाकै बिरोध भैरहेको बताएकी...

    भक्तपुरमा मजदुर दिवसकै दिन गयो दुई मजदुरको ज्यान

    भक्तपुरमा विश्व मजदुर दिवसकै दिन दुई मजदुरको ज्यान गएको छ । इनार खन्ने क्रममा दुई...

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...