News Portal

  • भक्तपुर नगरपालिकाले शिक्षामा पक्षपातपूर्ण व्यवहार गरिरहेको सांसद बस्नेतको आरोप

    भक्तपुर, ३ पुस
    २४१७ पटक
    भक्तपुर, ३ पुस

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्यसमेत रहेका प्रतिनिधिसभा सदस्य महेश बस्नेतले जनताको राम्रो काममा नेकपाको सधै साथ् रहने बताएका छन् । राम्रो काम गर्दा बाधा अड्चन आए नेकपालाई सम्झन समेत उनले आह्वान गरेका हुन् । नेमकिपाको नेतृत्वमा रहेको  भक्तपुर नगरपालिकाले शिक्षामा राम्रो गरिरहेको हल्ला चलाए पनि वास्तविकतामा भने नराम्रो गरिरहेको उनको भनाइ छ । विद्यार्थीले त्यसको विरोध गर्नुपर्ने उनले बताए ।

    नेकपाको विद्यार्थी संगठन अनेरास्ववियू भक्तपुर बहुमुखी क्याम्पस कमिटीद्वारा बुधवार आयोजित नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत एवं विविध सांस्कृतिक कार्यक्रममा बोल्दै पूर्व मन्त्री तथा संघीय सांसद बस्नेतले भक्तपुर नगरपालिकाले भक्तपुर क्याम्पसको विकल्पको रुपमा अन्य क्याम्पसहरु स्थापना गरी नगरपालिकाको असंख्य बजेट खर्च गर्ने गरेको तर भक्तपुर क्याम्पसलाई एक हजार समेत नछुट्याउने गरेको आरोप लगाए । सांसद बस्नेतले नगरपालिका संकिर्णताबाट माथि उठ्न नसकेकोले शिक्षामा पक्षपातपूर्ण व्यवहार भएको भन्दै सबैले त्यसको विरोध गर्नुपर्ने बताएका थिए ।

    त्यतिमात्र होइन, उनले भक्तपुर क्याम्पसलाई समग्र भक्तपुरको शिक्षाको मुल केन्द्रको रुपमा विकास गर्नको निम्ती व्यवस्थित योजना लिएर आउन नगरपालिकालाई आपिल गर्दै त्यसको निम्ति जस्तोसुकै सहयोग गर्न आफूहरु तयार रहेको समेत बताए ।

    कार्यक्रममा बोल्दै नेकपा भक्तपुरका सचिव डीपी ढकालले विद्यार्थीहरु नै परीवर्तनको सम्बाहक भएको भन्दै समाज परीवर्तनमा अग्रणी भूमिका खेल्नुपर्ने आवश्यकता औल्याएका थिए । आफ्नो पार्टीले युवा विद्यार्थीलाई साथ् लिएर अघि बढिरहेको जिकिर गर्दै नेता ढकालले सरकारले गरेका बिकास र परिवर्तनका विषयलाई ओझेलमा पार्न परिवर्तन विरोधीहरुले भ्रमपूर्ण प्रचारबाजी गरिरहेको आरोप लगाए ।

    उक्त अवसरमा अनेरास्ववियूका सहसंयोजक रञ्जित तामाङ्ग, गरीबी निवारण कोषका उपाध्यक्ष एवं नेकपाका नेता निर्मल कुमार भट्टराई, लगायतले अनेरास्ववियुको इतिहास स्मरण गर्दै यसले देशको परीवर्तनलाई सस्थागत गर्न खेल्नुपर्ने भूमिकाबारे व्याख्या गरेका थिए ।

    कार्यक्रममा पार्टी नेताहरुका साथै विद्यार्थी नेताहरुले नव आगन्तुक विद्यार्थीहरुलाई स्वागत गर्दै उज्वल शैक्षिक भविष्यको लागि समेत शुभकामना व्यक्त गरेका विद्यार्थी नेता विराज थापाले बताए । मास बहादुर लामाकाे अध्यक्षमा सम्पन्न उक्त कार्यक्रमको संचालन भने दिपेश विसुङ्केले गरेका थिए ।

     

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...