News Portal

  • रङ्गशाला बनाउन ठेला पसलमा व्यापार

    भक्तपुर, ३ पुस
    १३३४ पटक
    भक्तपुर, ३ पुस

    रङ्गशाला बनाउन सघाउ होस् भनेर आईतबारबाट ठेला पसल सञ्चालन गरेको छ । गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रङ्गशाला बनाउन सो पसल संचालन गरि सानो व्यापार थालेको हो ।

    धुर्मुश सुन्तली फाउण्डेशनले पश्चिम चितवनको रामपुरमा बनाउँदै रङ्गशाला हेर्न आउनेलाई लक्षित परेर पसल सञ्चालनमा ल्याइएको फाउण्डेसनका अध्यक्ष सीतारम कट्टेलले जानकारी दिए । उनले ठेलामा फलफूल, बदाम, पानी लगायतका वस्तु विक्री गरिने बताए ।

    उनले अब मःम, चाउमिन, चना जस्ता खाद्यवस्तु बिक्री गरिने जानकारी दिए । सोमबार रु तीन हजार ३०० बचत भएको छ । रङ्गशाला निर्माण सहयोगार्थ घुम्न आउने धेरथोर किनेर सहयोग गर्न शुरु गरेका छन् ।

    रङ्गशालाभित्र भ्यू टावरबाट हेर्नका लागि रु २० को टिकट लाग्ने व्यवस्था गरिएको छ । एकै दिन दुई हजार २०० जनासम्मले टिकट खरीद गरी रङ्गशालाको अवलोकन गरेका छन् । पछिल्लो समय विद्यार्थी, सहकारी, आमा समूह, टोल विकास समितिलगायतका सङ्घ संस्थाका भ्रमण टोलीको प्रमुख गन्तव्य रङ्गशाला बन्ने गरेको अध्यक्ष कट्टेलको भनाई छ ।

    रङ्गशालामा देशका ७७ जिल्लाको अपनत्व हुनेगरी नक्शाङ्कन गरिएको छ । रङ्गशालाको विभिन्न कक्षलाई जिल्लाबाट नामाकरण गरिएको उनले जानकारी दिए । निर्माणको काम तीव्र भए पनि आर्थिक सङ्कलन भने खासै हुन सकेको छैन । रु आठ करोडको हाराहारीमा बोलकबुल भएकोमा रु एक करोड मात्र संकलन भएको छ ।

    हालसम्म विभिन्न क्षेत्रबाट बोलकबुलको बाहेक रु तीन करोड संकलन भएको उनले बताए । रङ्गशाला सम्पन्न गर्न रु दुई अर्ब ५० करोड खर्च हुने अनुमान छ । यद्यपि श्रमदान र अन्य सामग्रीको सहयोग भएमा अनुमान गरेको भन्दा कम खर्चमा रङ्गशाला बन्ने फाउण्डेशनले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्

    चाँगुनारायणमा एनजिओलाई विवरण बुझाउन बैशाख मसान्तसम्म म्याद

    chagu mayor

    चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तथा योजना र बजेट तर्जूमाबारे...

    मन्त्रालयका सहसचिव डा गैरे बर्खास्त

    कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको छ । शुक्रबार मन्त्रालयले...

    ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता

    नयाँ शैक्षिक सत्रको लागि विद्यालयमा भर्ना अभियान शुरु भएको छ । बैशाख २ गते बाट...

    भक्तपुरमा डलर देखाई ३ लाख ५० हजार ठगी फरारहरु प्रहरी फन्दामा

    भक्तपुरको मध्यपुर थिमि-१ लोकन्थलीमा बिदेशी डलर देखाई ३ लाख ५० हजार ठगी गरी भागेको आरोपमा...

    बैशाख २४ मा सार्वजनिक बिदा र उत्सवबारे प्रदेश सरकारका प्रवक्ता श्रेष्ठको यस्तो खुलासा

    बागमती प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले प्रदेश सरकारले...