News Portal

  • सृजनानगरमा ब्यायामशाला र खेलमैदान उद्घाटन गर्दै मेयरले गरे स्वास्थ्यचौकी स्थापनाको उद्घोष

    इभक्तपुर संवाददाता भक्तपुर, ५ पुस
    १४६१ पटक
    भक्तपुर, ५ पुस

    भक्तपुर नगरपालिका १ स्थित सृजनानगरमा सार्वजनिक व्यायमशाला र व्याडमिन्टन खेल मैदानको उद्घाटन सम्पन्न भएको छ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले शनिवार सार्वजनिक व्यायमशाला र व्याडमिन्टन खेल मैदानको उद्घाटन गरेका हुन् ।

    उद्घाटन समारोहलाई उद्घाटन गर्दै नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्यसमेत रहेका नगर प्रमुख प्रजापतिले व्यायमशाला र व्याडमिन्टन खेल मैदानको पूर्ण सदुपयोग हुने बिस्वास व्यक्त गरे । जनताको स्वास्थ्य नै नगरपालिकाको सम्पत्ति भएको भन्दै प्रजापतिले स्वास्थ्य जीवनको लागि व्यायामशाला र खेल मैदान सहयोगी सिद्ध हुने बताए ।

    घरदैलो नर्सिङ सेवा दिने भक्तपुर देशकै पहिलो स्थानीय तह भएको भन्दै प्रमुख प्रजापतिले सन्तुलित विकासलाई ध्यानमा राखी सृजनागरमा समेत स्वास्थ्य चौकी स्थापना गर्न लागेको खुलासा गरे ।

    नगरपालिकाले सामुहिक हितलाई प्राथमिकता दिएर विकास निर्माण कार्यलाई अगाडि बढाइरहेको बताउँदै उनले १०८ रोपानी जग्गालाई संरक्षण गर्न नगरपालिकाले आफ्नै खर्चमा पर्खाल लगाएको जानकारी गराए ।”भक्तपुरका विकासविरोधीहरुले १०८ रोपनी जग्गाबारे भ्रम सिर्जना गर्ने काम गरिरहेका छन् । यो ख्वप विश्वविद्यालयको लागि उपयोग गर्नुपर्छ ।” उनले भने ।

    उक्त अवसरमा नगरपालिकाका युवा तथा खेलकुद समिति संयोजकसमेत रहेका वडा नंम्बर १ वडा अध्यक्ष श्यामकृष्ण खत्रीले वडाको समग्र विकास र वडाबासीको सुबिधाको लागि आफूहरु लागिरहेको जिकिर गरेका थिए ।

    कार्यक्रममा नपली सृजना सेवा समाजका अध्यक्ष राममणी पोख्रेलले टिप्पर आतंकले स्थानीयलाई समस्या भइरहेको जानकारी गराएका थिए भने समितिका सदस्य बिकुलाल बसु, वडा सदस्य सुर्यप्रसाद श्रेष्ठ लगायतले सृजनानगरको विकाश बारे बिचार व्यक्त गरेका थिए ।उक्त अवसरमा कृष्णप्रसाद दाहालले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    सञ्चार जगत सत्ताको प्रतिपक्षी नै हुनुपर्छ भन्ने मान्यता सही होइन : मन्त्री शर्मा

    सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारको बिरोध गर्ने नाउँमा व्यवस्थाकै बिरोध भैरहेको बताएकी...

    भक्तपुरमा मजदुर दिवसकै दिन गयो दुई मजदुरको ज्यान

    भक्तपुरमा विश्व मजदुर दिवसकै दिन दुई मजदुरको ज्यान गएको छ । इनार खन्ने क्रममा दुई...

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...

    भक्तपुर शाखाका बराललाई पत्रकार महासंघ उपत्यकाको रजत अभिनन्दन

    नेपाल पत्रकार महासंघको उपत्यका प्रदेश समितिले प्रदेश परिषद सदस्यहरु मध्येबाट २५ वर्षभन्दा बढी समयदेखि पत्रकारिता...