News Portal

  • नबिल बैंकको नबिल सजिलो एक्सप्रेस कर्जा योजना

    भक्तपुर, ७ पुस
    ७८८ पटक
    भक्तपुर, ७ पुस

    नबिल बैंकले ‘नबिल सजिलो एक्सप्रेस कर्जा योजना’ सार्वजनिक गरेको छ । बैंकले ३५ घण्टाभित्र साना तथा मझौला उद्यम कर्जा दिने गरी सो योजना सार्वजनिक गरिएको हो ।

    कर्जासम्बन्धी निर्णय प्रकृयालाई गति दिँदै जोखिममा आधारित मूल्यांकनसहित ‘क्रेडिट स्कोरिङ मोडल’ अर्थात् कर्जा अंकन ढाँचाका आधारमा बैंकले यो योजना ल्याएको जनाएको छ ।

    बैंकले यूडेएड सक्षमसँगको सहकार्यमा यस्तो योजना ल्याएको हो ।

    बैंकका प्रमुख कार्यकारी अनिल केशरी शाहले उद्यम कर्जाका लागि आवेदन दिने ग्राहकको कर्जा स्वीकृत भए/नभएको ३५ घण्टाभित्र जानकारी दिइने बताएका छन् । बैंकले अधिकतम ७५ लाख रुपैयाँसम्म १०.५ प्रतिशत ब्याजदरमा यो कर्जा दिने उनले बताए । यो योजना साना तथा मझौला उद्यममा केन्द्रित रहेको बैंकले जनाएको छ ।

    साना तथा मझौला क्षेत्रमा नबिलले आफ्नो ‘रफ्तार’ बढाउन यस्तो योजना ल्याएको पनि उनले बताए । उनले भने, “यो योजनाबाट साना तथा मझौला क्षेत्रमा ‘भ्याकुते छलाङ’ मार्छौं ।”

    नबिल सजिलो कर्जा र नबिल नारी कर्जा योजनाको सफलतापछि साना तथा मझौला क्षेत्रका लागि यो योजना सार्वजनिक गरेको बैंकले जनाएको छ । क्रेडिट स्कोरिङ विधिको प्रयोग गर्दै कर्जा स्वीकृत गर्ने तथा ब्याज दर तोक्ने नबिल पहिलो बैंक बन्ने बैंकले जनाएको छ ।

    नबिल सजिलो एक्सप्रेस कर्जा योजना निःशुल्क कारोबार सूचना, निःशुल्क मासिक विद्युतीय बैकिङ विवरण, व्यवसायको मुख्य मानिसलाई निःशुल्क क्रेडिटकार्ड हस्तान्तरणका साथै ३५ घण्टाभित्र निर्णय दिने गरी ‘आकर्षक प्याकेज’ का साथ यो योजना ल्याएको जनाएको छ ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...