News Portal

  • मोटरसाईकल चोरीको अभियोगमा दुवाकोट मोडमा पक्राउ परेका दुवैजना सिंहदरवारमा

    इभक्तपुर संवाददाताभक्तपुर, ११ पुस
    १३६५ पटक
    भक्तपुर, ११ पुस

    भक्तपुर प्रहरीले मोटरसाईकल चोरीमा संलग्न रहेको अभियोगमा २ जनालाई पक्राउ गरेको छ । चाँगुनारायण २ स्थित दुवाकोट मोडमा सवारी साधन चेकजाँच गर्ने क्रममा उनीहरु पक्राउ परेका हुन् ।

    पक्राउ पर्नेमा काभ्रेपलान्चोक अनेकोट गाउँपालिका १ बस्ने २० वर्षीय मनराज तामाङ र रामेछाप दोरम्बा गाउँपालिका ७ बस्ने १८ वर्षीय अनिल तामाङ रहेको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकृत प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले जनाएका छन् ।

    बुधवार दुवाकोट मोडमा सवारी साधन चेकजाँच गर्ने क्रममा बा ८६ प १४५० नम्बरको मोटरसाईकल रोकी कागजपत्र माग गर्दा कागजपत्र नभएपछि शंका लागि हेर्दा चोरीको मोटरसाइकल भएको पत्ता अलगेको प्रहरीले पुष्टी गरेको छ । प्रहरीका अनुसार कात्तिक १७ गते काठमाण्डौको अनामनगरबाट चोरी भएको जेनिस तामाङको बा ९२ प २३७१ नम्बरको मोटरसाईकलको ईन्जिन नम्बर संग उक्त मोटरसाइकलको ईन्जिन नम्बर मेल खाएपछि नम्बर प्लेट परिवर्तन गरी चोरीको मोटरसाइकल चढेको खुलेको हो ।

    पक्राउ परेका मोटरसाईकल चालक मनराज र मोटरसाईकल पछाडी सवार रहेका अनिल दुवैलाई मोटरसाईकल सहित शुक्रबार थप अनुसन्धानका लागि महानगरीय प्रहरी वृत्त सिंहदरबारमा पठाईएको प्रहरीले जानकारी गराएको छ । मोटरसाइकल चोरीको रिपोर्ट उक्त वृत्तमा दर्ता भएका कारण थप अनुसन्धानका लागि उतै पठाईएको हो ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...