नेपाल भ्रमण वर्ष २०२० को अवसर परेर भक्तपुर नगरपालिकाले मंगलबार बिहान टौमढी र दरबार क्षेत्रमा अवस्थित सम्पदा क्षेत्रहरूमा सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ ।
भक्तपुर नगरपालिका नियमित पाक्षिक सरसफाइअन्तर्गत आज टौमढी र दरबार क्षेत्र सरसफाई गरिएको हो ।
‘पुर्खाले सिर्जेको सम्पति हाम्रो कला र संस्कृति’ भन्ने मूल नारालाई आत्मसात गर्दै संस्कृतिक सम्पदा सरसफाई गरिएको आयोजकले जनाएको छ ।
आजको सरसफाइ कार्यक्रममा भक्तपुर नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी, विद्यालय, संघ संस्थाका प्रतिनिधिहरु, दाफा भजन लगायतको उल्लेख्य सहभागिता रहेको बताइएको छ ।