News Portal

  • नेपालमाथिको नाकाबन्दी विरोधी भारतीय नेता डीपी त्रिपाठीको निधन

    इभक्तपुर संवाददाता
    ८८७ पटक

    राष्ट्रवादी कांग्रेस पार्टीका नेता देवप्रसाद (डीपी) त्रिपाठीको निधन भएको छ । नेपालमा पाँचमहिने नाकाबन्दीको विरोध गर्ने ६७ वर्षीय त्रिपाठीको बिहीबार नयाँदिल्लीमा निधन भएको हो ।

    लामो समयदेखि क्यान्सरसँग लडिरहेका उनको निधनमा विभिन्‍न पार्टीका नेता तथा शुभेच्छुकले श्रद्धाञ्‍जली व्यक्त गरिरहेका छन् । राष्ट्रवादी कांग्रेस पार्टीका महासचिव रहेका त्रिपाठीले तत्कालीन विद्रोही माओवादी र राजनीतिक दलबीच १२ बुँदे सम्झौताका एक वार्ताकार पनि थिए ।

    हिन्दुस्तान टाइम्सका अनुसार नेपाल माओवादीको विद्रोहीका कारण गृहयुद्धले थलिएको समयमा त्रिपाठीले समस्या समाधानका लागि महत्त्वपूर्ण भूमिका खेलेका थिए । उक्त समस्या समाधानदेखि १२ बुँदे सम्झौतासम्मको यात्रामा त्रिपाठी मुख्य पात्र थिए ।

    १२ बुँदे सम्झौताका क्रममा वसन्त कुञ्‍जस्थित आफ्नो निवासमा बसिरहेका बेला माओवादी नेता पुष्पकमल दाहाल प्रचण्ड र बाबुराम भट्टराईलाई भारतीय कम्युनिस्ट पार्टीका नेता सीताराम यचुरी र अन्य भारतीय राजनीतिज्ञसँग परिचय गराएको हिन्दुस्तान टाइम्सले लेखेको छ ।

    उनले भारतले नेपालमाथि लगाएको नाकाबन्दीको खुलेर विरोध गरेका थिए । उनको निधनप्रति भारतीय विदेशमन्त्री एस जयशंकरले श्रद्धाञ्‍जली अर्पण गरेका छन् । विदेशमन्त्री जयशंकरले त्रिपाठीले विश्व मामिलामा उनले खेलेको भूमिकाको प्रशंसा गरे ।

    जयशंकरले ट्विटमार्फत भनेका छन्, ”त्रिपाठीको निधनले मर्माहत बनाएको छ । सन् १९७३ मा हामीले जहवारलाल नेहरु विश्वविद्यालयमा भर्ना भएदेखि विश्वको विभिन्‍न राजनीतिक र कूटनीतिक मामिलाका विषयमा उनीसँग छलफल र बहस गर्थ्यौं । सधैं खुला हृदयले कुरा गर्ने एक व्यवहारिक व्यक्ति थिए ।”

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...