News Portal

  • किवीको व्यवसायिक खेती पूर्वखोलाका पाल्पाली

     भक्तपुर, १८ पुस
    १२१३ पटक
     भक्तपुर, १८ पुस

    जिल्लाको पूर्वखोला गाउँपालिका २ जल्पामा किवीको व्यवसायी खेती सुरु गरिएको छ । जल्पाको ढोलिमारा साठिकोल र मैदानलाइ किविको पकेट क्षेत्र नै बनाएर गाउँपालिकाले खेतीको लागि प्रोत्साहन समेत गरेको छ । यहाँका किसानलाई आवश्क तालिम सहित किबी खेतीको सुरुवात गरिएइको गाउँपालिकका प्रमुख नुनबहादुर थापाले बताए । उनले कम मेहनतमामा किबीबाट प्रशस्त आम्दानी गर्न सकिने भएकाले किसालाई सहयोग गरिएको बताए ।

    यस वर्ष पालिकाले १ सय केजी किबि निशुल्क बितरण गरेको उनले जानकारी गराए । कार्यक्रमको सहजिकरण प्रदेश ५ का कृषि बिज्ञ कमान सिं थापा र सुन्ताला र कागती जतका पाल्पाका नर्सरी प्रमुख बोम बहादुर थापाले गरेका छन् । गाउँमा आयआर्जनसँगै रोजगारीको अवसर समेत हुने भएकोले गाउँमा व्यवसायिक किवी खेती गरिएको वडा अध्यक्ष निर बहादुर सारुले बताए ।

    के हो किबी ?

    किबी निकै पोषिलो र औषधीय गुण समेत भएकाले यसको माग विश्वभर बढेको छ । किवी नियमित खानाले पाचन प्रणाली ठीक हुने, मधुमेह नियन्त्रण हुने, लामो समयसम्म जवान देखिने, भिटामिन सीको कमी पुर्ति गर्ने अधिक्तम रुपमा खनिजत्तो पाइन्छ लगायतका फाईदाहरु छन् । किशानले लगायको किविबाट उत्पादन बिरुवा लगाएको २–३ बर्ष देखि उत्पादन सुरु गर्ने किविको बिरुवाले करिब ४० देखि ६० बर्ष सम्म नै निरन्तर उत्पादन दिने गर्दछ । सातौँ बर्ष देखि किविले राम्रो गुणस्तर सँगै उत्पादन पनि एउटै बिरुवाले ५० देखि १०० किलो सम्म फल फल्छ ।

    नेपालमा किवि प्रति किलोग्राम ४०० देखि ८०० रुपैयाँसम्ममा बिक्री हुने गरेको छ भने यो फल प्रशस्त उत्पादन गरी विदेश निर्यात गर्न सकेमा लाखौँ विदेशी मुद्रा आर्जन गर्न सकिन्छ । यो फल नेपालको भुगोल अनुसार १२०० देखि २४०० मिटरको उचाइमा लगाउन सकिन्छ । किबीको खेती जल्पामा सफल रुपमा हुने गाउँपालिकाका प्राबिधिक सन्तोष कँडेलले जानकारी गराए ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...