News Portal

  • सृजनानगरमा स्कुटीले लियो २५ वर्षीय पालको ज्यान : प्रहरी

    इभक्तपुर संवाददाताभक्तपुर, १९ पुस
    १५८३ पटक
    भक्तपुर, १९ पुस

    भक्तपुरको सृजनानगरमा कन्टेनर गाडीको ठक्करबाट सहचालकको ज्यान नगएको प्रहरीले पुष्टी गरेको छ । भक्तपुर १ स्थित अरनिको राजमार्गमा कन्टेनर गाडीको ठक्करबाट सहचालकको ज्यान नगएको प्रहरीले पुष्टी गरेको हो ।

    भारतीय नम्बरको कन्टेनर गाडी ब्याक गर्ने क्रममा सोही कन्टेनरका सहचालक रहेका भारतीय नगरिक २५ वर्षीय नरेन्द्र पालको ज्यान गएको सामाजिक संजालमा समाचारहरु सार्वजनिक भएपनि पालको स्कुटरको ठक्करबाट ज्यान गएको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी निरीक्षक पंचलाल गोलेले जनाए अनुसाार बा ९२ प ३४०९नम्बरको स्कुटीले पाललाई ठक्कर दिदा ज्यान गएको हो ।

    शनिवार विहान अन्दाजी १० बजेको समयमा काठमाण्डौबाट भक्तपुर तर्फ आउदै गरेको भारतीय नम्बरको कन्टेनर गाडी ब्याक गर्न सहचालक रहेका पाल झरी साईड माग्ने क्रममा सोही दिशाबाट आईरहेको बा ९२ प ३४०९नम्बरको स्कुटीले उनलाई ठक्कर दिेेएको बताइएको छ । स्कुटीको ठक्करबाट गम्भीर घाईते भएका पाललाई सल्लाघारीस्थित डा.ईवामुरा मेमोरियल अस्पताल पुर्याइएको प्रहरीको भनाइ छ । अस्पतालले उपचारकै क्रममा १०:१५ बजेको समयमा उनलाई मृत घोषित गरिदिएको इन्स्पेक्टर गोलेले जानकारी गराए ।

    इन्स्पेक्टर गोलेले जनाए अनुसार स्कुटी चालक सूर्यबिनायक ९ नलिनचोक बस्ने बर्ष ३८ को बसन्त देउजा रहेका छन् । स्कुटी चालक देउजा र उक्त स्कुटी महानगरीय प्रहरी वृत्त जगातीको नियन्त्रणमा रहेको र दुर्घटनाको थप अनुसन्धान कार्य भईरहेको महानगरीय प्रहरी परिसरका सूचना अधिकृत समेत रहेका इन्स्पेक्टर गोलेले जानकारी दिए ।

    प्रतिकृया दिनुहोस्

    झ्याल हाल्ने क्रममा लडेर मध्यपुरमा एक मजदुरको निधन

    भक्तपुरको मध्यपुर थिमिमा निर्माणाधीन घरमा झ्याल हाल्ने क्रममा लडेर एक मजदुरको ज्यान गएको छ ।...

    सञ्चार जगत सत्ताको प्रतिपक्षी नै हुनुपर्छ भन्ने मान्यता सही होइन : मन्त्री शर्मा

    सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारको बिरोध गर्ने नाउँमा व्यवस्थाकै बिरोध भैरहेको बताएकी...

    भक्तपुरमा मजदुर दिवसकै दिन गयो दुई मजदुरको ज्यान

    भक्तपुरमा विश्व मजदुर दिवसकै दिन दुई मजदुरको ज्यान गएको छ । इनार खन्ने क्रममा दुई...

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...