News Portal

  • विषादी प्रयोगमुक्त सप्ताह–२०७६’ सुरु

    भक्तपुर, २४ पुस
    ६८१ पटक
    भक्तपुर, २४ पुस

    ‘घातक विषादीको प्रयोग हटाऔँ, जैविक विविधताको संरक्षण गरौँ’ भन्ने नारा सहित चितवनमा ‘विषादी प्रयोगमुक्त सप्ताह–२०७६’ सुरु गरिएको छ।

    विषादीको प्रयोगले मानव स्वास्थ्य तथा वातावरणमा समस्या निम्त्याउने गर्दछ । यसको न्यूनीकरण र सुरक्षित प्रयोग गर्न जनचेतना जगाउने उद्देश्यले बुधबारदेखि यो सप्ताह सुरु गरिएको हो ।

    नेपालमा सन् २०१३ देखि विषादी प्रयोग मुक्त दिनका रुपमा मनाउन थालिएको हो । नेपालमा सन् १९५२ मा मलेरिया रोग नियन्त्रणका लागि भित्र्याइएको विषादी त्यसपछिका वर्षहरुमा कृषि उत्पादनको क्षेत्रमा प्रयोग गर्न थालिएको हो।

    यसको मात्रा प्रतिवर्ष बढ्दै गएको प्लान्ट क्वारेन्टाइन एवं विषादी व्यवस्थापन केन्द्र, ललितपुर जनाएको छ। अन्य देशको तुलनामा प्रतिएकाइ जमिनमा विषादीको प्रयोग निकै कम भए पनि ८५ प्रतिशत बढी विषादी तरकारी बालीमा मात्र प्रयोग हुने गरेको सरकारी तथ्याङ्कमा उल्लेख छ।

    गत वर्ष मात्र नेपालमा ६३२.४१ टन विषादी आयात भएको छ। जसमा कीटनाशक २१६ टन, रोगनाशक २६७ टन, झारनाशक १४२ टन र अन्य पाँच टन रहेको छ। गत वर्ष विषादी आयातका लागि करिब ८४ करोड रुपैयाँ खर्च भएको छ। विषादीले मानव जीवनमा तत्काल तथा दीर्घकालीन असर गर्ने गर्दछ।

    जसमा तत्काल असरको रुपमा मानिस मुर्छा पर्ने, झाडा पखाला लाग्ने, कम्पन, दृष्टि कमजोर तथा अन्ततः मृत्युसमेत हुने गरेको छ। विषादीकै कारण विश्वमा वार्षिक करिब तीन लाख ५५ हजार मानिसको मृत्यु हुने गरेको छ। सो सप्ताहको प्रदेश नम्बर ३ का भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री दावादोर्जे लामाले उद्घाटन गरे।

    सो अवसरमा मन्त्री लामाले सबै नागरिकलाई निरोगी बनाउन विषादीमुक्त अभियान सञ्चालन गर्नुपर्ने बताए। ‘एक दिन कार्यक्रम गरेर मात्रै यसलाई न्यूनीकरण गर्न सकिँदैन’ उनले भने, ‘हरेक दिन यस्ता अभियान सञ्चालन गर्नुपर्छ।’ यसअघि नारायणगढको लायन्सचोकबाट विभिन्न प्ले कार्डसहितको सचेतना र्‍याली निकालिएको थियो।

    सप्ताह २९ गतेसम्म सञ्चालन हुनेछ। सप्ताहअन्तर्गत सडक नाटक, विद्यालयस्तरीय चेतनामूलक कार्यक्रम, विषादी अनुगमन, बाली उपचार शिविर, पोष्टर पम्प्लेट वितरण र रत्ननगर महोत्सवमा अन्तक्र्रिया तथा नाटक प्रस्तुत गरिने प्लान्ट क्वारेन्टाइन एवं विषादी व्यवस्थापन केन्द्र ललितपुरका निमित्त प्रमुख सहदेवप्रसाद हुमागाईले जानकारी दिए।

    अत्यन्त घातक विषादीको प्रयोगमा प्रतिबन्ध गर्दै ऐन नियमावलीको कडाइका साथ लागू गर्न र आइपिएम कार्यक्रमलाई बढवा दिन कार्यालयले निरन्तर अभियान सञ्चालन गरिरहेको उनले बताए। “पछिल्लो समय विषादीको प्रयोग भयावह छ”, उनले भने, ‘यसको असरबारे सबैमा चेतना फैलाउन जरुरी छ।’

    निमित्त प्रमुख हुमागाईले रसायनिक विषादीको न्यूनीकरण गर्ने उद्देश्यले स्वास्थ्य र वातावरण अनुकूल जैविक विषादी उत्पादन एवं प्रयोगका लागि नेपालको सात जिल्लामा सामुदायिक आइपिएम स्रोत केन्द्र स्थापना गरिएको बताउँदै काठमाडौँ बाहिर काभ्रेपछि दोस्रो पटक चितवनमा यो कार्यक्रम गरिएको जानकारी दिए।

    सप्ताहव्यापी कार्यक्रममा किसान र उपभोक्ता दुवैलाई बढीभन्दा बढी सहभागी गराइने कृषि ज्ञान केन्द्र चितवनका प्रमुख राजन ढकालले जानकारी दिए। कार्यक्रममार्फत बालीनालीलाई जोगाउन प्राङ्गारिक मल र जडीबुटी प्रयोग गरी स्वास्थ्य र वातावरणप्रतिको जिम्मेवारी बोध गर्न सबैलाई आग्रह गरिने र सप्ताह अवधिभर कृषि प्राविधिक खटिने उनले जानकारी दिए।

    प्लान्ट क्वारेन्टाइन एवं विषादी व्यवस्थापन केन्द्र, ललितपुरको आयोजना र बाली संरक्षण प्रयोगशाला प्रदेश नम्बर ३ हेटौँडा तथा कृषि ज्ञान केन्द्र चितवनको सहकार्यमा कार्यक्रम गरिएको हो।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...