News Portal

  • हिसाब माग्दै विद्यालयमा तालाबन्दी

    इभक्तपुर संवाददाताभक्तपुर, २५ पुस
    १३२६ पटक
    भक्तपुर, २५ पुस

    लक्ष्मीपुर पतारी गाउँपालिका–५ पथलगारास्थित आधारभूत विद्यालयमा व्यवस्थापन समितिका अध्यक्षले तालाबन्दी गरेका छन्। अध्यक्ष विजयकुमार यादवले अध्यापनमा सुधारका साथै विद्यालयको आर्थिक हिसाब सार्वजनिक गर्न माग गर्दै बुधबार तालाबन्दी गरेका हुन्। तालाबन्दीपछि शिक्षकले हाजिरी गर्न नपाए पनि पठाइ भने नियमित नै छ।

    अध्यक्ष यादवले गत पुस १३ गते प्रशासन कक्षमा ताला लगाएका छन्। एक हप्ता शीतलहरमा बिदा गरिएको थियो। आइतबारदेखि विद्यालय खुले पनि ताला खुलेको छैन। भवन निर्माण र खाजा कार्यक्रममा प्रधानाध्यापक राजदेव यादवले अनियमितता गरेको अध्यक्ष यादवको आरोप छ। कक्षा १ देखि ५ सम्ममा १७२ जना विद्यार्थीले नामाकंन गराएका छन्। जसमध्ये अधिकांश दलित समुदायको रहेको यादवले बताए।

    ‘०७४ सालमा विद्यालयमा दुईकोठे भवन फर्निचरसहित निर्माणमा भ्रष्टाचार भएको छ। खाजामा विद्यार्थीलाई मापदण्ड विपरित चाउचाउ र बिस्कुट दिने गरिएको छ,’ अध्यक्ष यादवले भने, ‘प्रअलगायत शिक्षकहरू नियमित नहुँदा नियमित पढाइ पनि हुँदैन।’ विद्यालयको आय–व्यय विवरण र गतिविधि अभिभावक भेला गरी सार्वजनिक गर्नुपर्ने उनको माग छ।

    यस विद्यालयमा आर्थिक वर्ष ०७३÷०७४ मा दुई कोठे भवन फर्निचरसहित १७ लाख ९९ हजार १५३ रुपैयाँ लागतमा निर्माण भएको छ। बनेको एक वर्ष नपुग्दै भवनको पलास्टर उप्किन थालेको छ। पूरा फर्निचर अहिलेसम्म खरिद गरिएको छैन।

    विद्यालयमा दुई वर्षदेखि सामाजिक परिक्षण पनि भएको छैन्। विद्यालय व्यवस्थापन समितिका अध्यक्षले सहयोग नगर्दा ढिलाई भएको प्रअ यादवले बताए। तालाबन्दी खुलाउने प्रयास भइरहेको उनले सुनाए। एक महिनाभित्रै आय–व्यय सार्वजनिक गर्ने उनको भनाइ छ।

    प्रतिकृया दिनुहोस्

    सँझ्या: साहित्यमा शनिबार सुनिए ३ कवि र एक बोनस कविता

    सँझ्या: साहित्यको नियमित शृङ्खलामा शनिबार तीन कविहरूले आ-आफ्ना कविता सुनाएका छन् । भक्तपुरको नयाँ थिमिस्थित...

    तिथली नगरकोटी धिमेवाजा खल:लाई नेता राणाको आर्थिक सहयोग

    नेपाली कांग्रेसका युवा नेता रवि राणाले धिमेवाजा खल: समितिलाई आर्थिक सहयोग गरेका छन् । सूर्यविनायक-७...

    आजको राशिफल

    आज बि.सं.२०८१ भदौ २२ गते शनिबार ई.सं.२०२४ सेप्टेम्बर ०७ नेपाल सम्बत ११४४ ञंलाथ्व चतुर्थी कालयुक्त...

    पाकिस्तानी शहीदको काठमाडौंमा सम्झना

    पाकिस्तानको रक्षा तथा शहीद दिवसको अवसरमा काठमाडौंमा एक स्वागत समारोह सम्पन्न गरिएको छ । शुक्रबार...

    ख्वप अस्पतालले बीमा बोर्डसँग २० करोड बढी लिन बाँकी, सञ्चालनमा समस्या

    khopa hospital

    भक्तपुर नगरपालिकाको अस्पताल ख्वप: अस्पताल सञ्चालनमा समस्या उत्पन्न भएको छ । सरकारले स्वास्थ्य बीमाको रकम...