News Portal

  • खसी चोर समात्ने कटुन्जेका असई मनोज नेतृत्वको प्रहरी टोलीलाई नगद पुरस्कार प्रदान

    राजेश मान मानन्धर भक्तपुर, २९ पुस
    ९४३९ पटक
    भक्तपुर, २९ पुस

    दुई साता अघि अघि हराएको खसी सहित खसी चोरहरुसमेत पक्राउ गर्न सफल भक्तपुरको महानगरीय प्रहरी प्रभाग कटुन्जेमा कार्यरत प्रहरी कर्मचारीहरु पुरस्कृत भएका छन् । प्रभागका प्रहरी सहायक निरीक्षक मनोज शाह सोनार (मनोज सर्राफ ) नेतृत्वमा रहेको ४ सदस्यीय प्रहरी टोली नगद पुरस्कार द्वारा सम्मानित भएको हो ।

    महानगरीय प्रहरी वृत्त जगातीले उनीहरुलाई नगद पुरस्कार प्रदान गरेको छ । वृत्तका प्रहरी नायव उपरीक्षक चक्रराज जोशीले सोमवार एक कार्यक्रमका बीच नगद पुरस्कार प्रदान गरेका थिए ।

    पुरस्कार प्राप्त गर्नेहरुमा टोली कमान्डर असई मनोज साह सोनारसहित प्रहरी हवल्दार गेहिन्द्र बहादुर कार्की त्यसैगरी प्रहरी जवानद्वय दिनेशराज भट्ट र विजय श्रेष्ठ रहेका छन् ।

    प्रहरी सहायक निरीक्षक मनोज साह सोनारको नेतृत्वमा रहेको प्रहरी टोलीले गत पुस १३ गते ललितपुरबाट चोरिएका खसीहरू भक्तपुरको चुनदेवीमा बरामद गरेको थियो । ललितपुरको महालक्ष्मी ४ शितल हाइटस्थित नेपाल एग्रिकल्चर एण्ड मिट हाउसबाट छ वटा खसी चोरी फरार भएका चोरहरु भक्तपुरको चुनदेवीबाट पक्राउ परेका थिए । राती करिब १ :३० बजेको समयमा खसी सहित चोरहरु समेत समात्न प्रहरी सफल भएपछि प्रहरीको प्रसंसा गरिएको थियो ।

    ललितपुरको महालक्ष्मी ४ शितल हाइट बाट करीब १ लाख २० हजार मूल्यको छ वटा खसी चोरेर बा१ ख ७६९० नम्बरको ट्याक्सीको डिकीमा राखी लैजादै गर्दा ट्याक्सी चालक शितल हाइट बस्ने ओखलढुङ्गाका फूर्वा तामाङ्ग र मकवानपुरका कृष्ण खड्का चुनदेवी बाट पक्राउ परेका थिए ।

    पुरस्कार प्राप्त गरेपछि जनसेवाको लागि थप हौसला प्राप्त भएको पुरस्कृत प्रहरी कर्मचारीहरुको भनाइ छ । ”संगठनले गरेको मूल्यांकनबाट सन्तुष्टी मिलेको छ । पुरस्कारले काम गर्न प्रेरणा थपेको छ ।” पुरस्कृत प्रहरी टोलीका कमान्डर मनोजले भक्तपुर पोस्टसंग भने । उनलाई सोमबार नगद सात सय रुपैया हवल्दार कार्कीलाई छ सय त्यसैगरी प्रहरी जवानद्वय भट्ट र श्रेष्ठ लाई जनही पाँच सय रुपैया प्रदान गरिएको थियो ।

    प्रहरी कर्मचारीहरुको मनोबल बढाउँन पुरस्कार प्रदान गरिएको जगाती वृत्तले जनाएको छ । पुरस्कारको रकम भन्दा पुरस्कार महत्वपूर्ण रहेको भन्दै वृत्तले प्रहरी कर्मचारीहरुको अभिलेख किताबमा समेत पुरस्कारको रेकर्ड राख्न राष्ट्रिय किताब खाना लैनचौरलाई पत्राचार गरिएको बताएको छ।

    भक्तपुर पोस्टको फेसबुक पेज लाइक गरी फेसबुकमै समाचार प्राप्त गर्नुहोस्

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...